अपडेट 
२०७९ कार्तिक १३, आईतवार १३:५९

भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध १ वर्ष लम्ब्याएको छ । भारत सरकारले ३१ अक्टोबर २०२३ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै द इकोनोमिक्स टाइम्सले लेखेको छ ।

चिनी निर्यातमा रोक लगाउने निर्णयले नेपाल लगायतका मुलुकमा चिनी अभाव हुनेछ । भारत सरकारले जुन १ देखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो । भारत विश्वको सबै भन्दा ठूलो चिनी उत्पादक मुलुक हो ।

Comment


Related News

Latest News

Trending News