नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासितको चिसिएको सम्बन्धलाई सुधार्न नेता विमलेन्द्र निधि डा.आरजु देउवाको शरणागत भएका छन् । प्रदेश र प्रतिनिधि सभाको चुनाव प्रचारले तीव्रता लिन लागेको बेला छठको मौका छोपी निधिले देउवाको लाइनमा नै रहेको विश्वास दिलाउन डा.देउवाको शरण परेका हुन् ।
स्थानीय निर्वाचनमा तत्कालीन सत्तागठबन्धनका उम्मेदवारलाई जनकपुरधाम उपमहानगरपालिकामा पराजित गराएको चौतर्फी आलोचना खेप्दै आएका निधिले प्रदेश र प्रतिनिधिसभाको चुनावमा पूर्ण निष्ठाका साथ गठबन्धनमा लागेको प्रतिबद्धता पनि देउवा समक्ष जाहेर गरेको स्रोतले बताए । कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहेकी डा.देउवा प्रधानमन्त्री देउवाका राजनीतिक उत्तराधिकारीको रुपमा अगाडि आएकी छन् ।कांग्रेस राजनीतिमा आरजुको निर्णायक भूमिका रहने गरेको छ । श्रीमती देउवालाई स्वागतका लागि नेता निधि दलबल सहित जनकपुरधाम विमानस्थल पुगेका थिए ।कयौं पटक जनकपुरधाम आएकी देउवा पत्नी आरजुलाई ‘भाउ’ नदिएका नेता निधिले यस पटक भने सपरिवार नै स्वागत सत्कारमा जुटेका थिए । विमानस्थलबाट स्वागत सहित निधिले देउवालाई होटेल सम्म पु¥याएका थिए ।जनकपुरधामको गंगासागरस्थित छठ पूजामा साँझ सहभागी भएकी देउवा सोमवार बिहान धनुषा र महोत्तरीका विभिन्न स्थानहरुमा भेटघाट र दर्शन पूजा गरिन् । निधिको पैतृक गाउँ नगराइन पुगेर बिहान देउवाले छठ पूजा गरिन् ।सम्पूर्ण निधि परिवारले त्यहाँ देउवाको सम्मान र स्वागत गरे ।उनी जटही पुगेर सीमा क्षेत्रको समेत निरीक्षण गरेकी थिइन् । कांग्रेसको धनुषा र केन्द्रीय राजनीतिमा देउवाको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।निधिले निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’मा कांग्रेसबाट प्रदेशसभा सदस्यका उम्मेदवार रामसरोज यादव र निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभासदस्यका उम्मेदवार महेन्द्र यादवलाई घात गर्ने आशंका गरिएको छ । स्रोतका अनुसार नेतृ देउवाले निधिलाई त्यस्ता गतिविधि नगर्न धम्कीपूर्ण सुझाव दिएकी छिन् ।नेता निधिले त्यस्ता कुनै कृयाकलाप नगर्ने र विगतमा भएका कमीकमजोरीहरु नदोहोरिने प्रतिबद्धता जनाएको स्रोतहरुले बताएका छन् ।
कांग्रेस विभाजन पूर्वदेखि नै देउवाका सहयोगी रहेका निधि उपप्रधान एवं गृहमन्त्री भएको बेला सम्बन्ध चिसिएको थियो ।कांग्रेसको १४ औं महाधिवेशनमा झन छताछुल्ल भएको थियो । हुनत नेतृ देउवाको भ्रमण छठ पर्व केन्द्रित मात्र रहेको धनुषा कांग्रेसका सभापति योगेन्द्र पजियारले बताए ।‘कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी डा.देउवाको जनकपुरधाम आगमन छठ पर्वका लागि मात्र रहेको थियो’ उनले भने, निधिजीले विमानस्थलमा स्वागत गर्न किन जानु भयो?
please subscribe our official youtube channel below and support us.


