२०७९ कार्तिक १६, बुधबार ०७:४४

लामो समय देखि जीर्ण अवस्थामा रहेको सडकको जीर्णोद्धार गर्न माग गर्दै मंगलवार सदरमुकाम राजविराजमा युवाहरुले सडक अवरुद्ध गरी प्रर्दशन गरेका छन् ।

राजविराजको मुटुमै रहेको नेता चौकमा भेला भएका स्थानीय युवाहरुले सिरहा रोडको नेता चौक देखि राममन्दिर सम्मको सडक जीर्णोद्धारको माग गर्दै सडक अवरुद्ध गरी प्रर्दशन गरेका हुन । विहान ९ बजे देखि गरिएको चक्काजामका कारण बजार क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । स्थानीय प्रशासनले उक्त सडक निर्माणको जिम्मा लिएको कान्छाराम कन्ट्रक्शनका प्रतिनीधीलाई झिकाई अविलम्ब काम सुचारु गराउने प्रतिबद्धता जनाएपछी २ घण्टा पश्चात चक्काजाम स्थगित गरिएको प्रर्दशनमा सहभागी युवा मुकेश चौधरीले बताए ।

नगरको मुख्य बजार क्षेत्रमा रहेको उक्त सडक वर्षौदेखि जीर्ण रहेको र यस तर्फ पटक÷पटक नगरका जनप्रतिनीधी, सम्बन्धित निर्माण कम्पनी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउदा पनि कुनै चासो नदेखाएकाले बाध्यभई चक्काजाममा उत्रिनु परेको स्थानीय युवाहरुले बताएका छन् । यस अघि गत भदौ २५ गते पनि युवाहरुले सो सडक खण्डको मरमत सम्भारको माग गर्दै ३ घण्टा चक्काजाम गरेका थिए । प्रर्दशनकारीहरुले यस पल्ट पनि आश्वासन पुरा नभए अनिश्चितकालिन चक्काजाम गर्ने चेतावनी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News