२०७९ कार्तिक १६, बुधबार ०७:५१

संस्कृति एवम् साहित्यिक संगोष्ठी सम्पन्न भएको छ । जनकपुरधामस्थित ओनेसास नेपाल च्यापटर मधेश प्रदेशको आयोजनामा मंगलवार प्रदेश स्तरीय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा वक्ताहरुले साहित्य र संस्कृति जोगाउनु पर्नेमा जोड दिएका छन् । वरिष्ठ साहित्यकार राजेन्द्र विमलले सबै सांस्कृति महान भएको उल्लेख गर्दै यसको जगेर्ना आवश्यक रहेको बताए । वर्तमान समयमा संस्कृति बुझाउने व्यक्ति नहुँदा विस्तारै संकटतर्फ उन्मूख हुन लागेको उनले टिप्पणी गरे । ‘ स ं स् क ृ ित म ा अन्तरनिहीत जिवनको मूल्य मान्यता हुनुपर्छ,’उनले भने– ‘समाजमा एकले अर्कालाई संस्कृति बुझाउने बानी राख्नु पर्छ । त्यो अभाव देखिएको छ । जसका कारण संस्कृति संकटतर्फ गइरहेको छ । नयाँ पुस्तामा संस्कृतिको ज्ञान अभाव देखिएको छ ।’ कार्यक्रममा ओनेसास नेपाल च्यापटर मधेश प्रदेशका अध्यक्ष निला घिमिरेले मिथिला र नेपाली सांस्कृति विश्वमा चिनाउने उद्देश्यले गरिएको बताइन् ।

नेपालको भाषा, संस्कृति र साहित्य जोगाउने कार्यक्रमको मूल उद्देश्य भएको उनले जानकारी दिइन् । ‘संस्कृतिले साहित्य जन्माउँछ । साहित्यले संस्कृतिलाई परष्कृत गर्छ,’उनले भनिन्– ‘नेपालको सबै भाषा, संस्कृति जोगाउनु पर्छ ।’ कार्यक्रममा संस्कृति, भाषा र साहित्यको विकास बारे पनि छलफल भई निराकरणको उपाय बारे पनि बृहत छलफल भएको थियो । कार्यक्रममा कमला देवी ढुङ्गेलले समिक्षात्मक टिप्पणी र प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा साहित्यकार रोशन जनकपुरी, जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख मनोज कुमार साह, साहित्यकार केशव प्रसाद पौडेल, सीता अधिकारी, जगमान गुरुङ, रञ्जित कुमार लामा, खगेन्द्र लुइटेल र सरीता अर्यालसहितको उपस्थिति थियो ।

Comment


Related News

Latest News

Trending News