रौतहटमा विभिन्न दलवाट उम्मेदवार भएकाहरुले कृषि, शिक्षा र स्वास्थ्यलाई चुनावी एजेण्डाको रुपमा आगाडि सारेका छन् ।
रौतहट जिल्लावाट नेकपा एमालेवाट पटक– पटक वर्तमान नेकपा एसका अध्यक्ष बिजयी भए र प्रधानमन्त्री सम्मको पदभार ग्रहण गर्दा पनि त्यो क्षेत्रका जनताहरुले भने कृषि, शिक्षा र स्वास्थ्यलाई चुनावी एजेण्डा बनाएका छन् । रौतहट निर्वाचन क्षेत्र नम्वर १ को प्रदेश सभा (क) का नेकपा एमालेका उम्मेदवार राज किशोर प्रसाद यादवले किसानको समस्या सवै भन्दा जटिल रहेको र आफू निर्वाचित भए प्रदेश सभा (क) तथा निर्वाचन क्षेत्र १ को कृषि, शिक्षा र स्वास्थ्यमा उल्लेखनीय सुधार ल्याउने दावी गरेका छन् । मंगलबार प्रदेश सभा (क) अन्तर्गत राजदेवी नगरपालिकाका वड़ा नम्बर २ हजमीनियामा घरदैलो गर्ने क्रममा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उम्मेदवार यादवले नेकपा एमाले सरकारमा सहभागी भए रौतहट जिल्लामा देखिएको शिक्षा स्वास्थ्यको समस्या समाधान हुने दावी गरे । किसानहरु आकाशे पानीको भरमा खेती गर्न बाध्य रहेकाले खेत खेतमा मोटरको व्यवस्था गर्ने उनले आश्वासन बाडे । नेता यादवले पानी नपर्दा र समयमा मलखाद् नपाउदा यस वर्ष किसानले धेरै पीड़ा भोगेको जिकिर गर्दै किसानको दुःख लाइ गंभीरता पूर्वक लिएको बताए । घर दैलोको क्रममा जनताले भोट माग्ने बेला घर दरवाजामा आउने नेता जितेपछि एक पटक पनि भेट्न नआउने गुनासो बढ़ी सुनिएको बताउँदै आफू महीनै पिच्छे जनता संग भेट्ने र सुख दुःखमा सहभागी हुने प्रतिवद्धता जनाए । बजेट कार्यान्वयनमा क्षेत्रको जनता संग प्रत्यक्ष राय सलाह लिएर विकास निर्माणको कार्य गर्ने बताए ।
उनले भने–‘दलाली गर्ने, भ्रष्टाचार गर्ने ,कमिसन खाने सीत आफ्नो संगत नरहेकोले निष्पक्ष रुपमा जनताको भावना अनुसार विना कमिसनको बजेट विनियोजन गरी योजना सञ्चालन गराउने प्रतिवद्धता व्यक्त गरे । विगतमा निर्वाचित भएर गएका जनप्रतिनिधि फेरी फर्केर नआएको गुनासो स्थानीयहरुको रहेको बताउँदै नेता यादवले आफू फरक ढंगबाट जनता सित नजिकिएर कार्य गर्ने बाचा गरे । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा भाग लिएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारहरु तीब्र रुपमा प्रचार प्रसारमा होमिएका छन् । निर्वाचन क्षेत्र नम्बर एकमा नेकपा एमालेका उम्मेदवार पूर्व मेयर अजय कुमार गुप्ता र नेकपा एसका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल आमने सामने रहेका छन् । देशका प्रधनमन्त्री भएका नेता नेपाललाइ कडा टक्करको आभास भएकोले गाउँ गाउँमा गएर मतदाता रुझाउने काम गरिरहेका छन् । प्रधानमन्त्री भएको व्यक्तिलाई घरदैलो गर्नु परिरहेको विषयमा बुद्धिजीवीहरुको फरक धरना रहेका छन् । प्रधानमन्त्री बनेकालाइ घर घरमा पुग्नु परेको बाध्यता आएको टिप्पणी पनि भई रहेको छ । प्रदेश सभा (क) मा पाँच दलीय गठवन्धनबाट नेपाली कांग्रेसका नागेन्द्र साह चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्माण व्यवसायीको रुपमा परिचित रहेका साह को प्रति मतदाताको रुझान कम देखिएको छ । राजनीतिक पृष्ठ भूमि नभएकोले उनी प्रति रुझान कम भएको जानकारहरु बताउँछन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका बाबूलाल साह कानू र राज किशोर प्रसाद यादव विच कडा प्रतिस्पर्धा हुन सकिने अनुमान गरिएको छ । चिकित्सा पेशामा आवद्ध रहेका डाक्टर सोहैल तैयव पनि स्वतन्त्रबाट आफ्नो उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेश सभा (ख) मा पाँच दलीय गठवन्धनका उम्मेदवार कृष्णा प्रसाद यादव र नेकपा एमाले जसपाका उम्मेदवार योगेन्द्र यादव बलियो अवस्थामा देखिएपनि त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवस्था रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । स्वतन्त्र बाट उम्मेदवार बनेका राजेश चौधरी पनि प्रतिस्पर्धामा रहेकोले त्रिपक्षीय संघर्ष हुने अवस्था रहेको हो ।


