२०७९ कार्तिक १७, बिहीबार ०७:२८

जनकपुरधाम सहित मिथिला क्षेत्रमा बुधवार अक्षय नवमी पर्व मनाइएको छ ।

कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व बुधवार मनाइएको छ । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ । पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका थिए ।

यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ । पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृतिका जानकारहरु बताउँछन् । पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । जनकपुरधामका विभिन्न मठ मन्दिर तथा आमलाको बोट रहेको घर घरमा यो पर्व धुमधामका साथ मनाइएको छ ।

Comment


Related News

Latest News

Trending News