२०७९ कार्तिक १७, बिहीबार ०८:३८

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिष्पर्धी एकजना उम्मेदवारका पीडित छोराले राजनीतिक माहोललाई परिवर्तन गरिदिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ मा कुनै गठबन्धन छैन् ।सबै दलले उम्मेदवार उठाएको सो क्षेत्रमा जनता समाजवादी पार्टी(जसपा) बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका गंगाराम यादव भन्ने आनन्द यादवलाई उनका छोराले ठूलो धक्का दिएका छन् । यादवको दुई श्रीमती मध्ये जेठीपट्टीका छोरा अमित यादवले परिवारलाई न्याय गर्न नसक्ने नेताले क्षेत्र र देशवासीकासाथ कसरी न्याय गर्ने ीमतीपट्टीका सन्तानहरु सकृयताका साथ लागेका छन् ।विदेशमा उच्च शिक्षा प्राप्त गरेका कान्छी श्रीमतीपट्टीका सन्तानहरुले चुनावको प्रारम्भिक चरणमा बनाएको अनुकुल वातावरणलाई अमित यादवले बीचमा पुग्दा बिथोलिदिएका छन् । निर्वाचन क्षेत्र नम्बर २ का मतदाता रहेका श्रीप्रसाद यादवले अमितको अभिव्यक्तिपछि मतदान गर्ने मनशाय परिवर्तन गरेका छन् ।उनी प्रदेश सभा ‘ख’मा जसपाका उम्मेदवारलाई मतदान गर्ने बताएपनि प्रतिनिधि सभामा काँग्रेसलाई मतदान गर्ने धारणा सार्वजनिक रुपमा व्यक्त गर्न थालेका छन् ।

राजनीतिक विश्लेषक प्राध्यापक परमेश्वर कापडीका अनुसार गंगाराम यादवको छोरा विपक्षमा उत्रिएपछि उनको राजनीतिक उचाइलाई तल झारेको छ ।अमित यादवले दिएको अभिव्यक्तीबाट एमालेलाई फाइदा नपुगेपनि जसपाका उम्मेदवार गंगारामलाई भारी क्षति भएको कापडीको कथन छ । चुनाव निर्णायक अवस्थामा पुग्न लागेको बेला परिबारबाटै बिद्रोह भएको बिद्रोहको व्यवस्थापन समयमै गर्न असफल भएका गंगाराम यादवका लागि गंभीर चुनावी क्षति भएको बताइन्छ । अमित यादवले पैतृक सम्पत्तीमा सम्मानजनक हिस्सेदारी नदिएको र पिताको जिम्मेवारी समेत निर्वाह नगरेको आरोप लगाएका छन् ।अमित यादव सार्वजनिक रुपमा नै एमालेमा प्रवेश गरिसकेका छन् । एमालेले अमितको कथनहरुलाई समाजिक सञ्जालमार्फत व्यापक प्रचार गरिरहेको छ ।तर त्यसबाट प्रत्यक्ष फाइदा काँग्रेसका उम्मेदवार रामकृष्ण यादवलाई पुगेको विश्लेषकहरुको कथन छ ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News