२०७९ कार्तिक १७, बिहीबार ०८:४०

जनकपुरधाम । जनकपुरधामका पत्रकार दीपक कर्णलाई समाचारको विषयलाई लिएर गाली गलौजसहित धाक धम्की दिने व्यक्तिले गल्ती स्वीकार गरी आत्मलोचना गरेका छन् ।

जनकपुरधामका एक वडा अध्यक्षले अर्का वडाध्यक्षलाई कुटेको भन्ने शीर्षकको समाचारमा सम्बन्धित वडाध्यक्ष जनकपुरधाम वडा नम्बर ५ का अध्यक्ष बेचन साहका छोरा गोविन्द साहले समाचारको विषयलाई लिएर बुधबार बिहान फोनमार्फत पत्रकार कर्णलाई गालीगलौज सहित अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की समेत दिएका थिए । दोषी साहले आफ्नो गल्ती स्वीकार गर्दै आत्मलोचना गरेर माफी माग्दै अब यस्तो गल्ती नदोहर्याउने नेपाल पत्रकार महासंघ धनुषा शाखासँग प्रतिवद्धता जनाए । नेपाल पत्रकार महासंघ धनुषा शाखामा बसेको बैठकमा दोषीले गल्ती स्वीकार गरी पीडित पत्रकार कर्ण समक्ष गल्ती स्वीकार गर्दै अबदेखि यस्तो गल्ती नगर्ने प्रतिवद्धता जनाएका थिए । मंगलबार नेकपा एमालेको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा जनकपुरधामको १५ वटा वडामा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सम्पूर्ण उम्मेदवारहरूसँग आयोजित चुनावी छलफलमा खानपिनको विषयमा विवाद हुँदा वडा नम्बर– ८ का वडाध्यक्ष दिनेश सिंह र वडा नम्बर–१ का एमालेका वडाध्यक्ष पदका उम्मेदवार रहेका लव अधिकारीले एमालेबाटै निर्वाचित वडा नम्बर–५ का वडाध्यक्ष बेचन साहलाई कुटपिट गरेका थिए । कुटपीट सम्वन्धी समाचार प्रकाशन किन गरेको भन्दै वडाध्यक्षका छोराले पत्रकार कर्णलाई अभद्र व्यवहार गर्दै ज्यान मार्ने धम्की दिएपछि पत्रकार महासंघ धनुषा सहित विभिन्न संघ संगठनहरुको ध्यानाकर्षण हुनुका साथै कारवाहीको माग गरिएको थियो ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News