२०७९ कार्तिक १७, बिहीबार १६:०५

विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीबार दिउँसो अचानक ग्यास लिक हुँदा निसासिएर कोल्ड स्टोरका कामदार विराटनगर-५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो।

चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् । कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस भएको अवस्थामा चौधरीलाई फेला पारिएको र उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ।

स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए। त्यही बेला अचानक ग्यास लिक भएको हो। प्रहरीका अनुसार बाहिर निस्कन नपाउँदै चौधरी बेहोस भएर त्यहीँ ढलेका थिए। शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। अनुसन्धानपछि मात्रै ग्यास कसरी लिक भयो भन्ने बारेमा पत्ता लाग्ने उनको भनाइ छ।

please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News