२०७९ कार्तिक १८, शुक्रबार ०७:५९

जंगली हात्ती (यमगज) का कारण पर्सा राष्ट्रिय निकुञ्ज वरपरको क्षेत्रका स्थानीयबासि आतंकित भएका छन् ।

एक महिलाको ज्यान लिईसकेको उक्त जंगली हात्ती बाराको अमलेखगंज, पथलैया, दुधौरालगायतको क्षेत्रमा दिनहुँ जसो देखिन थालेको छ । यमगज वुधवार साँझ जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. १ स्थित दुधौरा खोलाको बस्तीमा देखियो । यमगजको आतंकका कारण दुधौराका केही स्थानीय पथलैया आएर रात कटाएका छन् । रात्री समयमा बस्ती पस्ने गरेका कारण पनि यस क्षेत्रका स्थानीयमा त्रास बढ्दो छ । यमगजको आतंक नरोकिएपछि पर्सा राष्ट्रिय निुकञ्जले हात्तीको शरिरमा रेडियो कलर प्रविधि जडान गर्ने तयारी गरेको छ । उक्त प्रविधि जडान गरेपछि हात्ती कुन क्षेत्रमा रहेको जानकारी हुने र जनधनको क्षतीबाट जोगाउन सकिने आरक्षको भनाई छ । हात्ती विज्ञसमेत रहेका पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले जंगली हात्तीले दुःख दिन थालेपछि अपनाउने विधिहरुमध्ये दुई विधि प्रयोग गरिसकेको र अब तेस्रो विधि रेडियो कलर रहेको बताए ।

उनका अनुसार हात्तीले दुःख दिन थालेपछि पहिलो पटक धपाउने वा खेदने हो । धपाउदा वा खेददा समेत अटेर गरेमा दोस्रो विधि दारा काटेर छोडेने गरिन्छ । दारा काटेर छाडेपछि कतिपय हात्ती शान्त भएर अन्यत्रै जाने र यस वरपरको क्षेत्रमा नदेखिने रामले बताए । तर यमगजले यस क्षेत्र नछोडेपछि तेस्रो विधि अन्तर्गत रेडियो कलर जडान गर्नुपर्ने देखिएको रामले जानकारीदिनुभयो । उक्त प्रविधि जडान गरेपछि हात्तीलाई मानव बस्तीमा प्रवेश हुन नदिनका लागि रेडियो कलरमार्फत हात्तीको अवस्थामा जानकारी हुने र गस्तीमार्फत धपाउन सकिने रामले बताए ।

Comment


Related News

Latest News

Trending News