२०७९ कार्तिक १८, शुक्रबार ०८:०४

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ ।

बिहीबार मुलापानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले प्रदेश नम्बर १ लाई ७२ रनले पराजित गरेको छ । मधेशले प्रस्तुत गरेको दुई सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश–१ ले ४३ ओभर १ बलमा सबै विकेट गुमाएर एक सय ४२ रनमात्र बनाउन सक्यो । प्रदेश–१ लाई सस्तैमा समेट्न मोहम्मद आदिल आलम, रुपेश सिंह, प्रदीप पासवान र विशाल सुस्लिङले समान दुई विकेट लिए । राजेश यादवले एक विकेट हात पारे । प्रदेश–१ का लभ कामतले २९, विवेक आनन्द मेहताले २५, फिर्दोस अन्सारीले २२ र मनिष थापाले ११ रन जोडे । यसअघि टस हारेर ब्याटिङमा आएको मधेश प्रदेशले निर्धारिता ५० ओभर खेल्न सकेनन् । मधेशका ब्यटस् म्यानले ४८ ओभर १ बलमा सबै विकेट गुमाएर दुई सय १४ रनको योगफल तयार पारेको थियो ।

मधेशलाई सम्मानजक योगफलसम्म पु¥याउन अनिल साहले ६१ रन बनाएका थिए । विवेक यादवले ३२, रुपेश सिंहले ३०, रोहन विकले २८ र कप्तान हरिशंकर साहले १५ रन बनाए । प्रदेश–१ बाट उत्कृष्ट बलिङ गरेका फिर्दोस अन्सारीले पाँच विकेट लिएका थिए । अन्सारीले ९ ओभर एक बलमा एक मेडन फ्याक्दै ३४ रन खर्चिएका थिए । कप्तान सिदान्त लोहनीले तीन विकेट लिँदा श्रवण यादव र लभ कामतले एक–एक विकेट लिएका थिए । प्रतियोगिताको पहिलो खेलमा जित निकालेको मधेस समूह ‘बी’ को दोस्रो स्थानमा उक्लिएको छ । समान तीन खेलबाट दुई अंक जोडेको प्रदेश–१ चौथो स्थानमा छ । पाँच टिम रहेको समूहबाट शीर्ष दुई टिमले सेमिफाइनल यात्रा तय गर्नेछन् ।

Comment


Related News

Latest News

Trending News