अपडेट 
२०७९ कार्तिक १८, शुक्रबार ०८:१५

यस पटक न त मधेस आन्दोलनको ‘राप–ताप’ न मधेसी आन्दोलनका मांग वा अधिकारको मुदा । राता रात सत्ताधारी गठबन्धनबाट एमालेसंग जहसिए पछि इच्छाए अनुसारका भागबन्डा पाए ।तर स्थानिय चुनावमा भएको हारजितको प्रतिशोध नसेलाउदै भएको गठबन्धन एमाले र जसपा दुबैलाई सकसमा पारेको छ । गठबन्धनलाई ठगबन्धन भन्दै दुबैदलबाट बिद्रोहको बिगुल बजाउदै धेरै नेता तथा तथा कार्यकर्ता बागी उम्मेदवार बनेर चुनौति दिएका छन । एमाले र ओली सबै भन्दा ठुलो मधेस बिरोधी भएको आरोप लगाउदै आएका उपेन्द्र यादव र उनका उम्मेदवार अहिले चुनावी सहधर्मीदल एमालेलाई गगाजल छर्केर शुद्ध बनाउदै मधेस प्रेमी बनाउने चुनावी अभियानमा लागेको छ । मधेसी जनअधिकार फोरमको स्थानका काल देखि अध्यक्ष पदका स्थापित उपेन्द्र समय परिवेशसंगै रंग परिवर्तन गर्दै १५बर्ष देखि विरासत कायम राखेका छन् । राजनैतिक समय सापेक्ष बोली फेर्ने गजब खुबिका कारण पार्टी जतिपटक जुटे–टुटे पनि उनी आफ्नो बिरास बचाउदै आएका हुन । तर अध्यक्ष यादव प्रति यस पटक मधेसको मोहभंग भएको बताइदै छ ।सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ चुनाव लडेका यादवसंग राष्ट्रिय नेता भनाउनु बाहेक केहि मुदा नरहेको चियो चर्चा चलेका छन् । सविधान सभाको घोषणा पछि बनेको प्रधानमन्त्री ओलीको पहिलो बाम सरकारमा लहसिदै उपप्रधान मन्त्री बने पनि प्रचन्ड भक्तिको कारण उनलाई आलीले गलहत्याएरै सरकारबाट हटाए । त्यसलगतै पार्टी फुटन थाले पछि विभिन्न शक्तिकेन्द्रमा हारगुहार गर्दै महन्थ ठाकुरसंग एकिकरण गरे । तर ओली प्रतिगमकारी भए भन्दै पुन पार्टीलाई बिभाजन गराउन प्रचन्डसंग गासिए र शेरबहादुरको गठबन्धन सरकारमा समावेस भए । तर एक्कासी राता रात उत्तरी दिशाबाट आएको निर्देशनले उनै प्रतिगामी एमालेसंगको गठबन्धनमा लागेको आरोप समेत मधेसमा चुनावी मदा बनेको छन् ।नागरिकता विद्येक लगायत प्रदेशलाई असफल बनाउने अभियानमा लागेको एमाले मधेस बिरोधी भएको बिषयहरु जसपलाई चुनावी मैदानमा गाह्रो बनाएको जानकारहरुको भनाइ छ । स्वय पार्टी अध्यक्ष हार्ने अवस्थामा रहेको आकलन गर्न थालिएको छ । पहिलो चुनावमा मधेस आन्दोलनले निर्दिष्ट गरे अनुसार मधेसी दलको गठबन्धनले पाएको राजनैतिक शक्तिलाई ५बर्षमा सत्ताको लागी पटक पटक चिरहरण गरिएको कारण मधेसी दल र मधेस प्रदेश सरकार हुने जतिको भ्रष्ट्राचारमा लिप्त दिए पछि मधेसको जनमत फेरिएको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो र सात प्रदेश सरकारहरु स्थापना भए । तर सविधानको अनुसार कानुन बनाउनमा प्रतिनिधिसभाको पुरै पांच बर्ष असफल भएको आरोपलाई पनि नकार्न सकिदैन ।त्यसको प्रमुख जिम्मेवार मधेसी दलरहेका छन् । सत्ताको असबन्डा भन्दा पनि कानुन बनाउनमा मधेसी दलकेन्द्रित हुनु पथ्र्यो ।संध र प्रदेशसभाका प्रमुख दुईवटा जिम्मेवारी मात्र छन । विधि वा कानुन निर्माण र त्यसपछि सरकार निर्माण गर्नु हो ।

यी सीमा नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपनाएको प्रमुख बिषयहो । तर त्यसो भएन, किन ? गएको ५ पांचबर्षिय राजनैति क्रियाकलाप सविधानका आवश्यकता, महत्त्व र औचित्य भन्दा बिलकुलै फरक देखिएको छ । सांसद र संसद दुवै कानुन बनानु भन्दा पनि ‘विकास–निर्माण’बजेट खर्चिनमा प्रत्यक्ष संलग्न हुनु नै देखियो । मानौं, विधि निर्माण दोस्रो र सरकार बनाउने पहिलो वा भत्काउने आकस्मिक काम मात्र हुन । २०७२ साउन पहिलो साता संविधानको प्रारम्भिक मस्यौदा आएदेखि सुरु भई असोज ३ मा संविधान जारी भएपछिको झण्डै छ महिना चलेको मधेस आन्दोलन पछि बनेको सरकारको ५ वर्ष मधेस मुदामा पुर्णरुपले असफल नै भएको आरोप छ। संविधानमा समावेश हुने अधिकारका कुरालाई लिएर मधेसमा विरोधको स्वर पहिलेदेखि आउन थालेको भए पनि २०७२ साउन ३१ का दिनदेखि सो आन्दोलन अनिश्चितकालीन तराई– मधेस आमहडतालमा परिणत भएको थियो। तर मांग पुरा नभइ मधेसी दलहरु चुनावी मैदानमा ओर्ले । समय सापेक्ष राजनैतिक रणनिति र बोली जति फेरिए पनि पांच बर्षमा मधेस प्रदेश सरकारमा भएको हरेक भ्रष्टाचारका साक्षी उपेन्द्र यादव रहेको आरोपलाई नर्कान सकिदैन छ । उनका मुख्यमन्त्री लालबाबुको कार्यालयबाट चलेको हरेक प्रत्यक्ष कार्यक्रमहर,बेटि बचाउ, बेटि पढाउ,मुख्यमन्त्री स्वच्छता अभियान,छोरी बिमा कार्यक्रम लगायतका सबै कार्यक्रमहरुका फाइलहरु अख्तियार अनुशन्धान आयोगले तानेको छ । साइकल खरिदमा भएको भ्रष्ट्रचारको मुदाबाट लालबाबुलाई उन्मुक्ती दिन भएभरको यादवले सत्ताधारी गठबन्धनको प्रयोग गरेको आरोप पनि छ । साइकल खरिद कान्डमा भएको भ्रष्ट्राचारको फाइलमा रहेका कागजहरु स्वयम मुख्यमन्त्रीले गायब गरेको आरोप लगायत प्रदेश सकारको भ्रष्टाचारलाई चुनावी अदालतमा लुकाउन जसपालाई ठुलो धौधौ परेको छ । तेस्रो मधेस बिद्रोहको संज्ञा दिइएको पछिल्लोपटकको आन्दोलनलाई पाँच वर्ष पछाडि फर्केर हेर्दा त्यसले देशलाई र मधेसलाई के दियो भन्ने सवाल आम मतदाताको छ ? परिणाम स्वरुप उपेन्द्र यादव र जसपासंग मधेसको मोह भंग भएको छ । जो उक्त विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन् । त्यसले गर्दा मधेसी र थारू समुदायमा रहेको असन्तुष्टि र मुद्दा बाँकी रहेसम्म अर्को आन्दोलन पनि बाँकी छ जस्तो धेरैलाई लाग्छ । तर मधेसी दलले देखाएको पांच बर्षको नाताबाद,क्रिपावाद ,पैसावाद,सत्तावाद र परिवर्तन बादले मधेसमा मधेसी दल र नेताप्रति ठुलो घृणा शृजना गरेको छ । त्यसमा पनि सबै भन्दा मधेस बिरोधी ,प्रतिगमणकारी लगायतका विभिन्न आरोप लगाउने तर फेरि सत्ता र टिकटसंख्या बढाउन उनै ओलीसंगको गठबन्धनले उपेन्द्र यादव र जसपालाई हराउने अभियान मधेसमा चलाइएको छ । मधेसवादी शक्तिहरु दिन÷प्रतिदिन फुटका कारण कमजोर भएका छन् । जसको मुख्यकारक उपेन्द्र यावद नै भएको लोसपाका नेता जितेन्द्र सोनको अरोप छ । उनी भन्छन, ‘उपेन्द्रजीको कुरा र काम दुबै परस्पर विपरित हुन्छ, जे भन्नु हुन्छ, त्यो गर्नु हुन्न । जहिले पनि मधेस र मधेसीको हकहित भन्दा पनि वाह्य बामशक्तिको भक्ति नै जसपाको राजनैतिक गतिविधिलाई निर्दिष्ट हुने गरको हुन, जुन मधेसको लागी सधै घातक बन्दै आएको छ ।’

मधेश आन्दोलनको बँचेखुचेको बलमा संविधानमा प्रविष्ट प्रादेशिक संरचनाले मधेसको सुन्दर भविष्य, मधेसी जनताको आकांक्षा र २१ औं शताब्दीको आवश्यकता परिपूर्ति गर्न सक्दैन । केन्द्रीय सरकारमा मधेसीको पहुँच अझै कोटामै सीमित छ । मधेस र मधेसीको अधिकारसँग गाँसिएका सवालहरूप्रति मधेस केन्द्रित राजनीतिक दलहरूको अडान चट्टानी छैन । स्थनिय चुनावको रापतापले पनि जसपालाई ठुलो धक्का दिएको छ । सत्तामै टिक्नका लागी गरिएको गठबन्धनको बिरोधमा राजधानीका मतदाताले बालेन्द्र साहलाई जिताएका छन् । यति मात्र होइन कतिपय महानगरमा गठबन्धनका नेताले अगाडि सारेको परिवारवादलाई हराउदै स्वतन्त्र र बिरोधी उम्मेदवारलाई जिताएका छन् । आफैलाई मधेसको मसिहा भन्न रुचाउने उपेन्द्र यादव पनि गठबन्धनकै पुच्छर समातेर बैतर्णी तर्न खोजेका थिए । तर, उपेन्द्रको छोरा, मुख्यमन्त्री लालबाबु राउतको श्रीमती र स्वकिय सचिवको पराजयले परिवारवादलाई मधेसी जनताले शहिद प्रति गरिएको अपमानको कडा जवाफ फर्काए । विराटनगर महानगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादव गठबन्धनका उम्मेद्वार थिए । आफ्ना सुपुत्रलाई जिताउन उपेन्द्रले करिव एक साता विराटनगरमै वसेर दौडधुप गरे। तर विराटनगरको चुनावी लहर दलगत भन्दा व्यक्तितर्फ बढेको देखियो । त्यसैले अमरेन्द्रको हातमा ठुलो पराजय मात्रै पर्यो। मुख्यमन्त्री लालबाबु राउतले आफ्नै जन्मथलोमा श्रीमतीलाई जिताउन नसक्नु र स्वकिय सचिवको जमानत पनि फिर्ता हुन नसक्नुले मधेश प्रदेशमा जसपाको छवी जोगाउन मुश्किल परेको देखाएको छ । बिगत ५ बर्षमा उपेन्द्र यादवमा वढेको सत्तालोलुप्ता, परिवारवाद र मधेस प्रदेश सरकारको अनियमितता तथा भ्रष्टाचारले मधेसी जनता आजित भएका छन् । जसपाको विभाजन पुर्वी मधेसमा जनमत पार्टी कडा टक्कर र एमालेसंग भएको गठबन्धन पछि देखिएको वागी उम्मेदवारहरुको लहरले गठबन्धनलाई ठगबन्धनको सज्ञा दिन थालिएको छ । उपेन्द्र यादव लगायत जसपाका नेताहरुमा के घमण्ड भयो भने आपूmहरुले जे निर्णय गर्छन, त्यो जनताले कार्यकर्ता सरह सहज ढङ्गले स्वीकार गर्छन् । जनतासंग विकल्प के छ र ? तर, स्थानिय चुनावी परिणामले जनमतको कदर गर्नु पर्ने हो भन्ने कुरा प्रमाणित गरेको छ । दलहरु विभाजित हुनु, नेताहरूमा विलासिता बढ्दै जानु र अवसर पाएका बेला जनअपेक्षाअनुसार काम गर्न नसक्नु जस्ता कारणले मधेस केन्द्रित दल कमजोर बनेको विश्लेषकहरुको भनाइ छ । पार्टीको सही निर्णय, नेता कार्यकर्ताको सक्रियता र मतदाताको विश्वासका कारण स्थानिय चुनाव बिजयी हुने हो । तर, त्यो तीन वटै कुराको अभाव यो निर्वाचनमा देखियो। जसपाले यसलाई निर्मम रुपमा समिक्षा गरेन भने भोलीका दिनमा पनि हुने यही नै हो । किनकी जनता कसैका रैती होईनन्।आज भन्दा ५ बर्ष अगाडी निर्वाचित नेताहरुले जनता संग गरेको वाचा ः (१) मधेस आन्दोलनमा शहादत भएका परिवारजनलाई ५० लाख रुपैया दिइने घोषणा (२) मुलुककै दोश्रो ठुलो रंगशालाको रुपमा मानिने नारायणी रंगशालाको निर्माण गरिने (३) मधेस प्रदेशकै ठुलो तथा पुराना नारायणी अस्पताललाई केन्द्रिय अस्पताल सरहको भवन निर्माण तथा व्यावस्थापन गरिने (४) वीरगंजको मुल सडक फराकिलो गरी निर्माण गरिने, (५) कृषकहरुका लागि मल खादको समयमा उपलब्ध गराइने (६) श्रीसिया नदीलाई प्रदुषित पानी रहित बनाउने । तर यो सबै कार्य गर्ने घोषणा गरेका नेताहरुको बोली अहिले फेरिएको छ ।

अहिलेपनि यो सबै कार्य जस्ताको त्यस्तै रहेको पाइन्छ । ५ बर्षमा भएको प्रगति भ्रष्ट्राचार ,अनिमितता,जातिवाद,कृपावाद र गुन्डावाद पनि बढेकै हो ।पत्रकार प्रश्ण गर्दा माइक हटाउने, अवाज उठाउदा प्रहरी लगाएर हिरासतमा राखिने, समाचार लेख्दा पत्रकारलाई नै कालोमोसो दल्ने, सार्वजनिक जग्गा हडपिने जस्ता कृयाकलापको लहर पनि मधेसमा खुबै चलेहको हो ।

Comment


Related News

Latest News

Trending News