रौतहट निर्वाचन क्षेत्र नं १ (ख) का नेकपा एमाले र जसपाका साँझा उम्मेदवार योगेन्द्र राय यादवले आफ् ना पक्षमा जनताको जनलहर छाएकोले मंसिर ४ गते हुने निर्वाचनमा आफ्नो जित कसैले रोक्न नसक्ने दावी गरेका छन् ।
यसअघि प्रदेश सांसदमा निर्वाचित हुँदा निरन्तर जनताको बीचमा रहेको र क्षेत्रमा आफूले गरेको विकासको आधारमा यहाँका अधिकांश जनता फेरी आफूलाई नै जिताउन आतुर रहेको यादवले बताए । रौतहट निर्वाचन क्षेत्र नं १ (ख) अन्तर्गत पर्ने माधवनारायण नगरपालिका–६ माधोपुर बजारमा बिहीवार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री समेत रहेका प्रदेश सांसदका उम्मेदवार यादवले आफू अन्य नेता जस्तो काम कम र गफ बढी गर्ने नेता नभएको बताउँदै आफूले यसअघि प्रदेश सांसदमा निर्वाचित हुँदा पाँच वर्ष निरन्तर जनताको सुख दुखमा साथ दिइ क्षेत्रमा विभिन्न विकास निर्माणका काम गरी काम गर्ने नेता प्रमाणीत गरिसकेको बताए । अन्य नेता म जितेपछि फलानो काम गर्छु भनी झुठो आश्वासन दिँदै हिडने गरेको छ तर आफू काम गरेर देखाइसकेकोले आफूले गरेको कामको मुल्यांकन गरी यहाँका नागरिक फेरी आफूलाई नै बहुमत दिएर विजयी बनाउने उनले विश्वास व्यक्त गरे । जनमत आफ् नो पक्षमा रहेको दावी गर्दै राज्य मन्त्री यादवले आफू सामुने कोही टिक्न नसक्ने दावी गरे ।
क्षेत्रलाई विकसित र समृद्ध बनाउने उद्देश्यका साथ चुनावी मैदानमा उत्रेको उनले बताए । आफू फेरी निर्वाचित भए क्षेत्रमा अधुरो रहेको कामहरुलाई पुरा गर्दै जनताले अनुभुति गर्ने गरी काम गरेर देखाउने उनले प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका नेता देवेन्द्र मिश्राले क्षेत्र नं १ (ख) को विकासका लागि योगेन्द्र यादवले अहम भूमिका खेलेकोले पुनः उनलाई जित्नुको विकल्प नरहेको बताए । यादवले यस क्षेत्रलाई विकासको गतिमा अगाडि बढाएकोले एक पटक पुनः छाता छापमा मतदान गरी जसपा नेता योगेन्द्र यादवलाई नै विजयी बनाउन उनले आम मतदाताहरुलाई आग्रह गरेका छन् ।


