२०७९ कार्तिक १८, शुक्रबार १५:१६

नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ । काठमाण्डाै जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।

दुवै पक्षको बहस सकिएसँगै अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । आज सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गर्नुभयो । हिजो प्रतिवादी लामिछानेको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए । पीडित नाबालिगको पक्षबाट पनि सात जनाले बुधबार नै बहस गरिसकेका थिए ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते जाहेरी दिएकी थिइन् भने प्रहरीले लामिछानेलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

१६ वर्षदेखि १८ वर्षमुनिका किशोरीलाई बलात्कार गरेमा १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

सन्दीप लामिछानेलाई पठाइयो केन्द्रीय कारागार

राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार पठाइएको छ। शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि लामिछानेलाई सुन्धारास्थित केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो।

जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार लामिछानेलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गर्न आदेश दिएको हो । वादी र प्रतिवादीका तर्फबाट भएको कानुन व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले आरोपित लामिछानेलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका हुन् ।

Comment


Related News

Latest News

Trending News