२०७९ कार्तिक १९, शनिबार ०८:०७

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष ओली देखि अहिले पनि खतरा रहेको बताएका छन् ।

मंसिर चार गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार भएका अध्यक्ष नेपालले चुनावी प्रचार प्रसारको क्रममा शुक्रवार रौतहटको पचरुखीमा आयोजित कार्यक्रममा सम्वोधन गर्दै आफूले बनाएको एमाले पार्टीलाई कब्जा गरेर नक्क्ली पूर्जा बनाएको आरोप लगाए । पुष्पलालले बनाएको एमाले केशरजंगले कब्जा गरेको उदहारण दिदै नेता नेपालले आपूmले बनाएको एमाले उनले बलपूर्वक कब्जा गरेको उल्लेख गरे । उनले भने–‘जग्गा कसैको पूर्जा कसैले लिएर घुम्दै छ ।’मुलुक मा आन्दोलनको जगमा प्राप्त भएको उपलब्धिलाई समाप्त पार्ने उद्देश्यले दुई पटक संसद भंग गरेर ओलीले तानाशाही प्रवृत्ति देखाएकोले त्यसको विरुद्धमा ५ दलीय गठवन्धन बनाउनु परेको उल्लेख गर्दै अध्यक्ष नेपालले मुलुकलाई जोगाउन गठवन्धनको आवश्यकता रहेको जिकिर गरे । नेकपा एमालेले राजाको हिमायती गर्नेलाई उम्मेदवार बनाएकोले लोकतन्त्र, संघीयता र गणतन्त्र माथि अहिले पनि खतरा रहेको दावी गर्दै सचेत भएर गठवन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । रौतहट जिल्लामा आफूले विकास गरे पनि विपक्षीले नकारात्मक भ्रम फैलाउदै आएको बताए ।

उनले वागमती नदीको बांध, फलामको ५ वटा पुल, गौर चन्द्रनिगाहपुर सड़क, विद्यालय भवन, सामुदायिक भवन लगायतका विकास निर्माण गरेको दाबी गरे । ओलीको गठवन्धनप्रति लक्षित गर्दै नामको कम्युनिष्ट पार्टी भए पनि कामको कमाऊनिष्ट पार्टी रहेको टिप्पणी गरे ।

Comment


Related News

Latest News

Trending News