२०७९ कार्तिक २०, आईतवार ०८:३४

आउँदो कार्तिक पूर्णिमाका दिन कमला स्नानको लागि यात्रुहरुलाई मध्यनजर गरी जयनगर जनकपुर रेल्वे थप ट्रिप चलाउने भएको छ ।

नेपाल रेल्वे कम्पनी केन्द्रीय कार्यालय जनकपुरधामले सूचना जारी गर्दै कार्तिक पूर्णिमा र कमला स्नानलाई ध्यानमा राखी यात्रुहरुको सहजताका लागि समय बाहेक पनि रेल चलाउने भएको जानकारी दिएको छ । प्रत्येक दिन दुई सिफ्ट चल्ने नेपाल रेल्वेले कमला स्नानका लागि हजारौँको सँख्यामा यात्रुहरु कमला नदी जाने भएपछि दोस्रो सिफ्टपछि थप सिफ्ट संचालन गर्ने रेल्वेका महाप्रवन्धक निरन्जन कुमार झाले जनाएका छन। अहिले ४ देखि ५ वटा बोगीसम्म बोक्ने नेपाल रेल्वेले भूतमेलाको लागि बोगी समेत थप्ने बुझिएको छ । प्रत्येक बर्ष कमला नदीमा भूतमेला लाग्ने गरिन्छ । कार्तिक पूर्णिमा स्नानको लागि विभिन्न जिल्लाहरुबाट धनुषा र सिरहा जोडने धार्मिक आस्था बोकेको पवित्र कमला नदी स्नान गर्ने गरिन्छ । कमला नदीमा प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन भव्य मेलासमेत लाग्ने गरेको छ ।

Please subscribe our official youtube channel below and support us.

https://www.youtube.com/watch?v=CYDNeQF_pZo

Comment


Related News

Latest News

Trending News