२०७९ कार्तिक २१, सोमबार ०६:२९

निर्वाचन आचारसंहिता उल्लंघन गरेका १८ वटा सवारी साधन निर्वाचन आयोगले सर्त गराएर छोडेका छन् ।

आइतबारसम्म मधेश प्रदेश निर्वाचन कार्यालयले २० वटा सवारी नियन्त्रणमा लिएको थियो । जसमध्ये १८ वटा सवारी २४ घण्टा नियन्त्रणमा राखी सवारी धनीलाई बुझाइएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । उनका अनुसार उम्मेदवारहरुको प्रचारप्रसारको लागि प्रयोग गरिदा यी सवारीहरु निर्वाचन आचारसंहिता उल्लंघन गरेको थियो । आचारसंहिता उल्लंघन गरेपछि पक्राउ गरी सवारीधनीलाई सचेत गराएर छोडिएको उनले बताए । छोडिने बेलामा अबदेखि पुनः यस प्रकारको गल्ती नदोहो¥याउने सर्त सहित सवारी धनीहरुलाई गाडी फिर्ता गरिएको छ । ‘सवारीधनीहरुले निर्वाचन आचारसंहिता पालना गर्ने सर्त गरेपछि सवारी छोडिएको छ,‘उनले भने,‘पक्राउ परेका सबै सवारीमा निर्वाचन आचारसंहिता विपरीत कार्य भएको थियो ।

अव पुनः यी सवारीले त्यस प्रकारको गतिविधि ग¥यो भने जरिवाना हुन्छ ।’ नियन्त्रणमा लिइएको सवारीहरुमा चर्को साउण्डमा प्रचारप्रसार सामग्री प्रयोग गरिएको थियो भने आयोगले तोकेको भन्दा ठूलो प्रचारप्रसार सामग्री राखिएको थियो । नियन्त्रणमा लिइएको अधिकांश सवारी दुबै गठबन्धनका उम्मेदवारको रहेको थियो । अन्य दल र स्वतन्त्र उम्मेदवारको सवारीहरु न्यून संख्यामा पक्राउ परेको थियो । गठबन्धनका उम्मेदवारहरु माहोल बनाउन बढी संख्यामा सवारी तथा प्रचारप्रसार सामग्री प्रयोग गर्ने गरेका छन् । आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले एमाले–जसपाको साझा उम्मेदवार जुली महतोलाई स्पष्टीकरण पनि सोधेको थियो । त्यसको केही दिनपछि उनका श्रीमान रघुवीर महासेठलाई पनि साडी वितरण गरेको भन्दै आयोगले स्पष्टीरकण सोधेको छ ।

Comment


Related News

Latest News

Trending News