२०७९ कार्तिक २१, सोमबार ०६:५७
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलका स्वकीय सचिव संतोष यादवसहित सयौं नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।
आइतबार एक कार्यक्रमबीच जसपा अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई पार्टी प्रवेश गराएका छन् । युवा नेता यादवको नेतृत्वमा शम्भु गुप्ता, सरपल्लाह, आमोद यादव, प्रहलाद गुप्ता, संतोष पासमान, दिनेश ताम्राकार लगायत नेता तथा कार्यकर्ताहरु जसपा प्रवेश गरेका छन् । चुनावको मुखमा नेताहरुको पार्टी प्रवेशले लोसपालाई असर पर्न सक्ने नेताहरुको विश्लेषण छ । कार्यकममा जसपा बाराका अध्यक्ष अजय पटेल, पूर्वमेयर हरिनारायण साह, परवानीपुरको वडाअध्यक्ष रामेश्वर साह कलवारको विशेष उपस्थिति रहेको थियो ।


