२०७९ कार्तिक २१, सोमबार ०७:१७

जनकपुरधाम उपमहानगरपालिका १४ को वडा कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।

वडा वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडासदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका छन् । कार्यालयमा अवकाश प्राप्त सचिव रामचरण मण्डल र जनस्वास्थ्य कार्यालयका कार्यालयका एक सहयोगीलाई कार्यालय परिसरमै कुर्सी टेबुलको व्यवस्था गरी बसाएर सेवाग्राहीबाट अतिरिक्त रकम (घुस) लिने गरेको, निर्वाचित भएको ६ महिना बित्दा काम नगरी वडासदस्यले नगर्न दिएको आरोप लगाउने गरेको, महिनामा अनिवार्य हुने तीनवटा बैठक बस्न नदिएको, वडा कार्यालयमा नियमित नबस्ने गरेको लगायतको आरोप वडासदस्यहरुको छ । पटक–पटक यस विषयमा वडाध्यक्षलाई ध्यानाकर्षण गराउँदा समेत वास्ता नगरेपछि चारैजना वडासदस्यले बाध्य भएर तालाबन्दी गरेको वडासदस्य रमेश साहले बताए ।

वडामा महिनामा हुने तीनवटा बैठक समयमा हुनुपर्ने, वडाको बैठकको निर्णय अनुसार काम गर्नुपर्ने, पूर्व वडासचिव र जनस्वास्थ्यका कासलाई कार्यालय परिसरबाट हटाउनु पर्ने, सरसफाइमा प्रयोग भएको ट्याक्टर खर्च पारदर्शी हुनुपर्ने, वडा भित्रको सामुदायिक विद्यालयमा पठनपाठन सुधार हुनुपर्ने लगायतको आफूहरुको माग रहेको वडासदस्य जीवछ दासले बताए । माग सम्बोधन नभएसम्म तालाबन्दी जारी रहने उनीहरुले बताएका छन् । यस वडामा वडाध्यक्ष यादव जनता समाजवादी पार्टीबाट निर्वाचित छन् भने वडासदस्यहरु कांग्रेसबाट निर्वाचित छन् ।

 

Comment


Related News

Latest News

Trending News