![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/09/dengue.jpg)
नेपालमा हालसम्म डेंगी संक्रमितको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार थप ३ हजार ४९५ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कूल डेंगी संक्रमितको सङ्ख्या ५० हजार २६३ पुगेको छ । गत कार्तिक १४ गते यो सङ्ख्या ४६ हजार ७६८ पुगेको थियो । यता यस रोगबाट मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ । गत साउन महिनादेखि सुरु भएको डेंगी रोगको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ ।