२०७९ कार्तिक २२, मंगलवार ०६:०९

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि दुई जना निवर्तमान सांसदको भविष्य दाउमा रहेको छ ।

सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल कुमार झा र नेकपा एमाले जसपा गठबन्धनकी उम्मेदवार जुली महतो निवर्तमान सांसद हुन् ।दुई मध्ये एकले चुनावमा बाजी मार्ने भन्ने पक्का जस्तै छ । मतदानको मिति नजिकिने क्रमसँगै प्रतिस्पर्धात्मक उम्मेदवारहरुको संख्यात्मक दायरा साँघुरो हुन थालेको छ । अहिले प्रतिनिधि सभाका लागि सोझो प्रतिस्पर्धा झा र महतोबीच नै देखिएको स्थानीय बासिन्दाहरुका अनुमान छ । एमाले नेतृ महतो प्रतिस्पर्धामा अगाडि देखिएको उनका समर्थकहरुको दाबी छ ।महतोको चुनावी प्रचारमा जुटेका सरोज साहले भने, प्रदेश ‘ख’मा झाको भन्दा स्थिति बहुत बलियो छ ।तर ‘क’ मा प्रतिस्पर्धा रहेको उनले स्वीकारे । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश ‘ख ’मा जनकपुरधाम उपमहानगरपालिकाको १५ वटा वडा रहेका छन् ।ती वडाहरुमा एमालेको अवस्था बलियो रहेको साहको दाबी छ । तर झाका समर्थकहरुले ‘ख’ मा प्रतिस्पर्धा र ‘क’को अवस्था धेरै सुदृढ रहेको दाबी गरेका छन् ।तर स्थानीय बासिन्दाहरु दुबैबीचको प्रतिस्पर्धा कडा रहेको बताउँछन् । मुखियापट्टी मुसरहनिया गाउँपालिका वडा नम्बर १ बस्ने सुरेश यादवले झा र महतोबीचको जितहारको निर्णायक हर्न छापका उम्मेदवार ईञ्जिनियर शम्भु साह हुन् ।हर्न छापले काट्ने मत एमाले जसपा गठबन्धनको बढी रहेकाले साहले ल्याउने मत नतिजालाई उलटफेर गर्न सक्ने यादवको कथन छ । मुखियापट्टी मुसहरनियाको वडा नम्बर १ मा हर्न छापले ४० जति मत सत्तारुढ गठबन्धनको र ७० जति मत एमाले गठबन्धनको काट्ने अनुमान गरिएको छ ।प्रचारप्रसारमा अगाडि देखिएका ई.साहलाई प्रदेश ‘क’का उम्मेदवार डा.प्रसन्न झाले सघाइरहेका छन् । एमालेको भोटले नै चुनावमा बाजी मार्ने आशमा चापाकल छाप भएका स्वतन्त्र उम्मेदवार उमेश साह पनि छन् ।निर्वाचनमा पर्ने सबै टोल सम्म प्रचारप्रसार पु¥याएका साहले बुद्धिजीबी, व्यवसायी, पेशाकर्मी, मजदुर, किसानहरु आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन् । त्यसैगरी महिला चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदबार ईञ्जिनियर सत्यनारायण साहले परिवर्तनको नारा दिएर मत मागिरहेका छन् ।उनको प्रचार पनि क्षेत्रको हरेक टोलमा पुगेको छ ।

स्वतन्त्र उम्मेदवार साहद्वयले पाउने मत पनि चुनावको परिणामलाई प्रभावित गर्न सक्छ । एमालेको संगठन भन्दा जुलीको व्यक्तिगत मिहिनेतले मत झर्ने स्थानीय बासिन्दाहरुको ठम्याइ छ ।हुनत एमालेको सहयोगी रहेको जसपाका नेता, कार्यकर्ताहरुले एमालेबाट हेपिएको बताउन थालेका छन् ।चुनावको सम्पूर्ण कमाण्ड एमालेको हातमा रहेको उनीहरुको गुनासो छ । जसपा कार्यकर्ताहरुले धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा भोग्नु परेको पीडा रौतहट, बारामा पनि छ ।एमाले ठूलो दल भएको र राजनीतिक हैसियत भएका उम्मेदवारको कारण जसपामाथि एमालेका कार्यकर्ताहरु भारी बनेको बताइन्छ ।जसपाका नेताहरुले एमालेबाट प्रदेशमा धोका हुने आशंका पनि गरिरहेका छन् । सत्तारुढ गठबन्धनका लोसपाबाट प्रतिनिधि सभाका उम्मेदवार झाका लागि भने निवर्तमान सांसद राजेन्द्र महतोको भगौडा प्रवृत्ति घाँडो बनेको छ ।लोसपाकै नेता महतोले एक पटक जितेर भागेको बताउँदै स्थानीय बासिन्दाहरुले झा पनि त्यो भन्दा फरक नहुने आशंका गरिरहेका छन् । २०७४को चुनावमा महतोका अगाडि पछाडी रहने गरेका कार्यकर्ताहरुले झालाई पनि घेराबन्दी गरेको उनीहरुको आरोप छ ।झाका लागि महतोकालीन कार्यकर्ताहरुको घेराबन्दीले क्षति भइरहेको नगराइनका सूर्यप्रसादले बताए । क्षेत्र नम्बर ३ को प्रदेश सभा ‘क’ मा सत्तारुढ गठबन्धनका उम्मेदवार रहेका मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव अगाडि रहेको बताइन्छ ।सो क्षेत्रमा यादवका प्रतिद्वन्दी रहेका एमाले गठबन्धनका जसपा उम्मेदवार जितेन्द्र यादव एमालेको छायाँमा परेका छन् ।मुख्यमन्त्री लालबाबु राउतको प्रमुख स्वकीय सचिव रहेका यादवबाट कर्मचारीहरु असन्तुष्ट छन् । मतदाताले परिवर्तनको पक्षमा आफूलाई मतदान गर्ने दाबी गर्दै आएका छन् ।नागरिकता विधेयक प्रमाणीकरण नहुँदा एमाले विरुद्ध सडकमा उत्रेका जसपाका नेता, कार्यकर्ताहरुले त्यो मुद्दालाई विर्सजन गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा वैवाहिक अंगीकृत र जन्मसिद्धका सन्तानले पाउने नागरिकताको समस्या रहेको छ । प्रदेश ‘ख’मा चुनावको नतिजाबारे अनुमान लगाउन कठिन भएको छ ।बौद्धिक, व्यवसायिक, पेशाकर्मीको बाहुल्यता रहेको प्रदेशमा अझै मतदाताहरु खुलिसकेका छैनन् ।उम्मेदवारहरुले सुविधा अनुसार दाबी गरे पनि मतदाताहरुको मनस्थितिबारे यकिन गर्न सक्ने अवस्था नरहेको मारवाडी सेवा समितिका निवर्तमान अध्यक्ष ललित बजाजले बताए ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News