२०७९ कार्तिक २२, मंगलवार ०७:०७

सर्लाहीको हरिपुर नगरपालिका–७, चिताईनमा रहेको लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा स्मार्ट कक्षाको उद्घाटन गरिएको छ ।

विद्यार्थीलाई प्रविधिको प्रयोग गरी स्मार्ट बोर्डमार्फत अध्ययन गराउन मेयर गोपाल पंजियारले नगरभित्र पहिलो पटक स्मार्ट कक्षाको उद्घाटन गरेका छन् । स्मार्ट कक्षा संचालन गर्न हरि पुरमै रहेको ग्रामीण नारी उत्थान संघले सेभ द चिड्रेनसँग समन्वय गरी ४ थान स्मार्ट बोर्ड प्रदान गरेको विद्यालयका प्रधानाध्यापक चेतनारायण धामीले जानकारी दिए । प्रअ धामीका अनुसार बाल विकासदेखि कक्षा ७ सम्म पढाइ हुने विद्यालयमा अहिले ३७० जना विद्यार्थी अध्ययनरत छन् । स्मार्ट कक्षाको उद्घाटन गर्दै मेयर पंजियारले शिक्षा र स्वास्थ्यलाई नगरले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको बताए ।

उनले नगरका अन्य विद्यालयमा पनि क्रमैसँग युग सुहाउँदो र समय सापेक्षा हुने गरी स्मार्ट कक्षा सञ्चालन गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश सहनीको अध्यक्षता भएको कार्यक्रममा उपमेयर निलमदेवी राय, शिक्षाविद् उदयनारायण चौधरी, शिक्षा शाखाका प्रमुख नागेश्वर राय, ग्रामीण नारी उत्थान संघका अध्यक्ष गोमादेवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे, सेभ द चिडे«नका शिक्षा संयोजक रामबाबु साह, हरिपुर ७ का वडाध्यक्ष मनोजकुमार चौधरीलगायतको सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News