सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ मा मधेशवादी नेताको पहिचान बनाएका महेन्द्र यादव नेकपा माओवादी केन्द्रको गोलाकार भित्र हसिया हथौडा चुनाव चिह्नबाट र राजेन्द्र महतो लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)को साईकल छापबाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका माओवादी केन्द्र र लोसपाले अलग–अलग उम्मेदवार उठाएपछि गठबन्धनका मतदाताहरु अन्योलमा परेका छन् ।गठबन्धनबाट माओवादी केन्द्रको कोटामा परेको सो सिटमा यादवलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।तर लोसपा पनि पछिबाट गठबन्धनमा आएकाले महतो पनि सो क्षेत्रबाट उम्मेदवारी दिए । गठबन्धनबाट उम्मेदवार रहेका यादवको पक्षमा नेपाली कांग्रेस, नेकपा एस र माओवादीले भारी उम्मेदवार बनेका छन् । यादवलाई प्रतिनिधिसभामा जसपाका मतदाताहरुले पनि सघाइरहेको बताइन्छ ।सो क्षेत्रमा नेकपा एमाले जसपा गठबन्धनबाट एमालेका राजनारायण साह उम्मेदवार छन् । एमालेका साहले लोसपाका महतोको मत काटिरहेकाले उनको अवस्था कमजोर भएको स्थानीयहरुको तर्क छ ।तर प्रदेश ख मा महतोसित लोसपाका उम्मेदवार रहेका मेथुर चौधरीले आर्थिक रुपमा सघाइ रहेकाले अवस्था कमजोर नरहेको तर्क पनि गर्नेहरु छन् ।नेपाल भारतको सीमा क्षेत्रमा चौधरीको अबैध धन्धाहरु हुने गरेको आरोप लाग्दै आएको छ । २०७४ सालको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विमलेन्द्र निधिलाई पराजित गरेका महतोले पाँच वर्ष नै धनुषाकै निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने बताइरहेका थिए । तर उनको क्रियाकलापले मतदातामा व्यापक आक्रोश बढेकाले उनी क्षेत्र छाडेर सर्लाहीको २ नम्बर रोजे ।त्यहाँ पनि उनी लड्ने नलड्ने निश्चित थिएन् ।तर कतै सुरक्षित स्थल नपाएका महतोले अन्तिममा २ नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराए । माओवादी केन्द्रका यादव र लोसपाका महतोबीच सोझो प्रतिस्पर्धा रहेको सो क्षेत्रमा प्रदेशसभाका उम्मेदवारहरु भने प्रतिनिधिसभाका लागि कसैको पक्षमा मत मागेको देखिदैन् । क्षेत्र नम्बर २ को ‘क’ मा नेपाली कांग्रेसका जंगीलाल यादव गठबन्धनबाट उम्मेदवार छन् ।
उनको पोष्टरलाई महतोले आफ्नो पोष्टरसँगै राख्ने गरे पनि उनले आप्mनो मत मात्र माग्ने गरेको स्थानीयहरुको कथन छ । प्रदेश ‘ख’मा जसपाका उम्मेदवार अशोक यादव अगाडि देखिएका छन् ।उनी निवर्तमान सभासद हुन् । ख बाट कांग्रेसका कौशलकिशोर राय यादव उम्मेदवार छन् ।तर गठबन्धनबाट नै लोसपाले मेथुर चौधरीलाई उम्मेदवार बनाएपछि एमाले जसपा गठबन्धनका उम्मेदवार अशोक यादव अगाडि देखिएका छन् । क्षेत्र २ को क बाट जसपा पार्टीको कार्यकारिणी समिति सदस्य समेत रहेका स्वतन्त्र रामनरेश राय यादवको स्थिति पनि बलियो रहेको दाबी सो क्षेत्रका युवा दिनेश यादवले गरेका छन् ।गठबन्धनको कारण टिकट नपाए पनि यादवको उम्मेदवारीलाई जसपा र लोसपा दुबैले समर्थन गरेको यादवको दाबी छ ।
Please subscribe our official youtube channel below and support us.



