२०७९ कार्तिक २३, बुधबार ०६:१४

प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका–१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लोसहित तीन जना मकवानपुरतर्फबाट गाँजा ल्याउँदै गर्दा फरार भएका थिए । तर, लो भने पक्राउ परेको छन् । बाँकी दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूले बोकेर ल्याएको तीन वटा बोरामा क्रमशः ७, ७ र ११ किलो गरी २५ किलो गाँजा बरामद भएको बारा प्रहरी प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News