अपडेट 
२०७९ कार्तिक २३, बुधबार १५:१४

सुनको मूल्य एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ ।

मंगलवारको तुलनामा बुधबार सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले बढेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

म‌ंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News