२०७९ कार्तिक २४, बिहीबार ०६:१६
रौतहट प्रहरीले लाखौं मूल्य बराबरको अवैध चिनी र डिएपी रासायनिक मल बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याइरहेको अवस्थामा जिल्लाको इशनाथ नगरपालिका वडा नं ४ सानो लतमरीबाट उक्त चिनी र डिएपी बरामद गरिएको प्रहरीले जनाएको छ । बुधवार दिउँसो २ बजेको समयमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी मठियाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले ६ लाख ९८ हजार मूल्य बराबरको १ सय ५९ बोरा चिनी र २५ बोरा डिएपी रासायनिक मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए । बेवारिसे अवस्थामा बरामद गरिएको उक्त अवैध चिनी र डिएपी मल जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी मल्लले जानकारी दिए ।


