२०७९ कार्तिक २४, बिहीबार ०६:३३

विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत नगर क्षेत्रमा प्रयोग गरेको प्रचार सामग्री स्थानीय प्रशासनको पहलमा हटाइएको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले नगर क्षेत्रको सार्वजनिक स्थलहरुमा आचारसंहिता विपरीत झुण्ड्याइएको विभिन्न उम्मेदवारको तुल, ब्यानर, पोष्टर, झण्डालगायतका प्रचार सामग्री हटाइएको छ । निर्वाचन आचारसंहिता पालना गराउने क्रममा यसअघि पटक पटक बसेको सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका उम्मेदवार र पार्टी प्रतनिधिले आचारसंहिता विपरीत सार्वजनिक स्थलमा राखिएका प्रचार सामग्री आफ्ैले हटाउने प्रतिबद्धता जनाए पनि सोको पालना नगरेकाले सुरक्षाकर्मीको प्रयोग गरी त्यस्ता सामग्रीहरु हटाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । यहाँ आचारसंहिता विपरीत बजार क्षेत्रमा प्रचार सामग्री प्रयोग गर्ने काम सबैजसो पार्टीले गरेका छन् । यस्ता गतिविधि रोक्न सम्बन्धित दल र उम्मेदवारलाई सचेत गराउँदा पनि बेवास्ता गरेको पाइएकाले सुरक्षाकर्मीको प्रयोग गरी त्यस्ता सामग्री हटाइएको उनले जानकारी दिए ।

‘दलहरुले आचारसंहिता पूर्ण पालना गर्ने भनेर प्रतिबद्धता जनाएका छन्, उनले भने, तर पालना गरेको पाइएन् ।’ निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन, सबै राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालय सप्तरीले सबैसँग अपिल गरेका छन् ।

Comment


Related News

Latest News

Trending News