अपडेट 
२०७९ कार्तिक २४, बिहीबार १७:२९

अष्ट्रेलियामा जारी आईसीसी टि–२० विश्वकप क्रिकेटको सेमिफाइनल खेलमा इङ्ग्ल्याण्डले भारतलाई पराजित गरेको छ । एडिलेड ओभलमा भएको खेलमा इङ्ग्ल्याण्डसँग भारत १० विकेटले पराजित भएको हो ।

इङ्ग्ल्याण्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिलो इनिङ्समा भारतले १६८ रन जोडेको थियो । १६९ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रेको इङ्ग्ल्याण्डले १६ औँ ओभरमा कुनै विकेट नगुमाइ १७० रन बनायो ।

इङ्ग्ल्याण्डका लागि एलेक्स हेल्सले ४७ बलमा सर्वाधिक ८६ रन बनाए । उनले ४ चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै, उनका साझेदार जोस बट्लरले ४९ बलमा ८० रन जोडे । उनले ९ चौका र ३ छक्का हानेका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ६३ रन बनाएका थिए । त्यस्तै, विराट कोहलीले ५० रन जोडे । इङ्ग्ल्याण्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए ।

यससँगै इङ्ग्ल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको छ । फाइनलमा इङ्ग्ल्याण्डले आइतबार पाकिस्तानको सामना गर्नेछ ।

Comment


Related News

Latest News

Trending News