२०७९ कार्तिक २४, बिहीबार १८:०३
जनकपुर उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरु सडकमा उत्रेका छन । बैंक तथा बितीय संस्थाहरुले दिनप्रतिदिन ऋणको ब्याजदर वृद्धिविरुद्ध जनकपुरधामका व्यवसायीहरु बिहिबार सडकमा उत्रेर विरोध र्याली प्रदशर्न गरेका छन् ।
सयौंको संख्यामा सडकमा उत्रेका व्यापारीहरुले विरोध र्याली प्रदशर्न गर्नुका साथै सम्बन्धित निकायामा ज्ञापन पत्र बुझाएका हुन । साथै व्यापारीहरुले आफूहरुको माग पुरा नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।


