२०७९ कार्तिक २५, शुक्रबार ०७:५४

महोत्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका उम्मेदवार गिरिराजमणि पोखरेलको प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।

प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पोखरेलले उल्लेखित बुँदाबारे जानकारी गराएका थिए । १० बुँदे प्रतिबद्धतापत्रमा ५६ थरिका आश्वासन समेटिएका छन् । आश्वासनमध्ये पोखरेलको अघिल्ला कार्यकालमा सुरु गरिएका महत्वाकांक्षी विकास पूर्वाधारका अधुरा योजनालाई उच्च प्राथमिकतामा राखिएको छ । पञ्चायतकालदेखि नै चुनावी मुद्दा बन्दै आएको यहाँको ‘अस्थायी बसोबास र लालपुर्जा वितरण’ जस्ता जल्दोबल्दो समस्यालाई पोखरेलको प्रतिबद्धतापत्रले तेस्रो प्राथमिकतामा राखेको छ । गौशालामा रेल्वे इन्जिनियरिङको पठनपाठन र कानूनी विवादमा फसेको बहुचर्चित बर्दिबास मेडिकल कलेजलाई प्राथमिकताको क्रमशः पहिलो र दोस्रो बुँदामा समेटिएको छ । त्यस्तै, उत्पादनमूलक कृषि, दिगो विकास, चुरे संरक्षण, रोजगार प्रवर्द्धन, आर्थिक विकास र पूर्वाधार निर्माण, दुव्र्यसन र कुरीतिमुक्त समाज तथा पर्यावरण सुरक्षाजस्ता अल्पकालीन, दीर्घकालीन र समाज परिवर्तनका योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गरिएको छ । उखुको उचित मूल्य निर्धारण तथा सहज र समयमै भुक्तानीका लागि सशक्त र प्रभावकारी प्रयास गर्ने प्रतिबद्धतापत्रमा उल्ल्ेख छ ।

गठबन्धन दल नेपाली कांग्रेसका नेता एवं महासमिति सदस्य चिरञ्जीवी हमालले प्रतिबद्धता अनुसारको काम पूरा गर्न सबैको सहयोग, शुभेच्छा र सहकार्यका लागि आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News