२०७९ कार्तिक २५, शुक्रबार ०७:५८

रौतहट प्रहरीले ठूलो परिमाणमा चिनी बरामद गरेको छ ।

जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ४ सानो लतमरी स्थित भारतबाट अवैध रुपमा नेपालमा भित्रियाएर त्रिपालबाट छोपेर राखेको अवस्थामा प्रहरीले ६ लाख ९८ हजार मूल्य बराबरको १ सय ५९ बोरा चिनी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मठियाबाट गएको संयुक्त टोलीले १ सय ५९ बोरा चिनी र २५ बोरा पारस डीएपी फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनील कुमार मल्लले जनकारी दिएका छन् । अलपत्र अवस्थामा बरामद गरिएको १ सय ५९ बोरा चिनी र २५ बोरा डीएपी कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ । गत वर्ष २ करोड ३३ हजार ४ सय ६८ रुपैया राजश्व संकलन गरेका नेपाल प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि कार्तिक महीनासम्म १ करोड़ २२ लाख ४८ हजार १ सय ७१ रुपैया राजश्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News