धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर सिसमेटिक स्कुलको प्राङ्गनमा आयोजित जलसा भव्यताका साथ सम्पन्न भएको छ ।
बिहिबार मदरसा सादिया लिलबनातको आयोजनामा भएको जलसामा मदरसामा अध्यनरत २१ जनालाई सलमा खातुन, हानी खातुन र नगमा खातुनको हाथबाट केरत र आलमियतको कोर्ष पढेर सकेका छात्राहरुलाई दिक्षान्त (दस्तार) पनि गरिएको मदरसाका संचालक मौलाना मो।हसन रेजा चतुर्वेदीले जनकारी दिए ।
महिला मात्र सहभागी उक्त जलसामा आफनो समुदायलाई ईसलामी सरियत कानुन अनुसार हिड्न र ईस्लामी सन्देश दिन वक्ताहरुले आग्रह गरे । ईस्लाम धर्मको मुल्य मान्यता विपरित कुनै पनि काम नगर्ने र इस्लामी सांस्कृतिको संरक्षण र प्रवर्धन समेतमा मुस्लिमय समुदायले ध्यान दिन जरुरी रहेको वक्ताहरुले आग्रह गरे । वक्ताहरुले ईस्लाम धर्मको संरक्षण र प्रवर्धन गर्न सबै मुस्लिमहरु एकजुट भई लाग्न सुझाव दिदै आफनो धार्मिक रितिरिवाज र परम्परा अनुसार चाँडपर्व तथा कार्यहरु गर्न सुझाव दिएको मदरसाका संचालक मौलाना मो.हसन रेजा चतुर्वेदीले जनकारी दिए ।
जलसामा प्रमुख वक्ताको रुपमा भारतको यूपीबाट आउनु भएकी सलमा खातुन, हानी खातुन र दिल्लीबाट आउनुभएकी नगमा खातुनले ईस्लाम धर्म समाजिकता र मानवीयता संग बलियो सम्बन्ध रहेकाले यसको सन्देशलाई फैलाउन आवश्यक रहेको उल्लेख गरिन ।
जलसमा हजारौंको संख्यामा मुस्लिम महिलाहरुको सहभागीता रहेको मदरसा संचालक मौलाना मो.हसन रेजा चतुर्वेदीले जनकारी दिए ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=uNnAI1f-Jl0

