२०७९ कार्तिक २६, शनिबार ११:५४

रौतहट प्रहरीले नक्कली नोटको कारोबार गर्ने दुई जना महिलासहित छ जनालाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मौलापुरबाट खटेका प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गर्नुको साथै नक्कली जस्तो देखिने हजारको ९७ ओटा नोट र एक थान कटुवा पेस्तोल नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरूमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–६ का २५ वर्षीय सोनु भन्ने आनन्द कुशवाहा, सोही स्थान बस्ने क्रमशः ४५ वर्षका प्रतिमादेवी कुशवाहा, २२ वर्षकी अमृता कुमारी, १९ वर्षका बृजकिशोर मुखिया, रौतहट मौलापुर–७ का राजाराम साह (२३ वर्ष) र देवाहीगोनाही नगरपालिका–६ (रौतहट) का धिरजप्रसाद जैसवाल (२० वर्ष) रहेका छन् । जिल्ला प्रहरी प्रवक्ता सुनिल मल्ल (प्रहरी नायव उपरीक्षक) को अनुसार प्रारम्भिक अनुसन्धानको क्रममा मौलापुर–७ का राजाराम साहको घरबाट एक थान नलकटुवा पेस्तोलसमेत बरामद गरिएको छ ।

पक्राउ परेकालाई खोटा चलन तथा हातहतियार शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News