अपडेट 
२०७९ कार्तिक २७, आईतवार ०८:३४

प्रदेश स्त्तरीय अण्डर–१९ क्रिकेट प्रतियोगितामा धनुषा क्रिकेट टीम विजयी भएको छ । रौतहटको गौरमा जारी प्रतियोगिता अन्तर्गत शनिबार महोत्तरीलाई १२७ रनले हराउँदै धनुषा विजयी भएको हो ।

टस जितेर ब्याटिङ गरेका धनुषा क्रिकेट टीमले र्निधारित ४० ओभरमा आठ विकेट गुमाएर दुई सय ३६ रन बनाएका थिए । धनुषाका लागि सर्वाधिक रञ्जित यादवले ९० बलमा ६३ रन, चन्दनकुमार यादवले ७७ बलमा ३६ रन र अभिजित मण्डलले ८ बलमा २५ रन बनाए । महोत्तरीको तर्फबाट बलिङ विनेश सहनीले आठ ओभरमा २५ रन खर्चेर २ विकेट र सुकेश यादवले पाँच ओभरमा २९ रन खर्चेर २ विकेट लिएका थिए । महोत्तरीका नितेश यादव, अभिषेक तिवारी र रमण मण्डलले एक/एक विकेट लिए । खेलको म्यान अफ द म्याच अभिजित मण्डल घोषित भएका थिए । उनले पाँच विकेट लिएर ३१ रन बनाएका थिए । महोत्तरीकोतर्फबाट ब्याटिङ गर्दै सुभाष यादवले २० र अविनाश तिवारीले ११ रन बनाएका थिए ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News