२०७९ कार्तिक २८, सोमबार ०७:०२

जनकपुरधाम ।धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मातृका यादवले गठबन्धनको विश्वासमा जितलाई दोह¥याउने प्रयासमा छन् ।गठबन्धनका मुख्य दल नेपाली कांग्रेसलाई रिझाएका यादवले सहजै चुनाव जित्नेमा ढुक्क देखिएका छन् । कांग्रेसबाट भरपर्दो सहयोग पाइरहेका यादवका लागि भने एमाले जसपा गठबन्धनबाट जनता समाजवादी पार्टी( जसपा)का उम्मेदवार दिपक कार्कीले चुनौती दिइरहेका छन् ।२०७४ सालको चुनावमा पनि कार्कीले यादवलाई चुनौती दिएका थिए । नेपाली कांग्रेस र नेकपा एसले इमान्दारीपूर्वक सहयोग गरिरहेकाले माओवादी उम्मेदवार यादवलाई जित्न धेरै समस्या नहुने कांग्रेसका युवा नेता राजकिशोर सिंह बताउँछन् ।‘स्थानीय तहको चुनावमा प्राप्त मत विभाजन हुने जोखिम छैन्’ उनले भने, विपक्षी उम्मेदवारहरुको मत विभाजन भइरहेकाले यादवका लागि सहज भएको छ ।

नेकपा एमालेसित गठबन्धन गरेको जसपालाई भर भने छैन् ।एमालेका प्रभावशाली नेता किशोरी साह ‘कमल’ जनमत पार्टीबाट उम्मेदवार छन् ।एमालेबाट अन्तिम समयमा जनमतबाट उम्मेदवारी दिएका साहका लागि एमालेका स्थानीय नेता, कार्यकर्ताहरुको भर छ ।एमालेको अधिकांश मत प्राप्त गर्ने र सत्तारुढ दलबाट समेत मत आइरहेकोले चुनाव जित्न सक्ने उनका सहयोगीहरुको कथन छ । साह २०७४ सालमा त्यहाँबाट एमालेको टिकटमा प्रदेश सभा सदस्यमा विजयी भएका थिए ।एमाले र जसपाबीच गठबन्धन भएपछि जसपाको भागमा प्रतिनिधिसभाको सिट परेपछि साहले पार्टी परित्याग गरी जनमतबाट टिकट लिएका हुन् । जसपाका कार्कीलाई एमालेले सहयोग गरेको दाबी गरिरहेको छ ।एमालेका नेता सोनफी साहले गठबन्धनमा कुनै अन्यौल नरहेको दाबी गरे ।‘गठबन्धनको धर्मलाई एमालेले इमान्दारीपूर्वक निर्वाह गरिरहेको छ ’ उनले भने, चुनाव जसपाका उम्मेदवार कार्कीले नै जित्ने छन् । मतदाताहरुले परिवर्तन चाहेकाले कार्कीको अवस्था बलियो रहेको उनले दाबी गरे ।गत चुनावमा पराजित भए पनि जनतामाझ कार्की लोकप्रिय रहेको उनको कथन छ । एमालेको अत्यधिक मत साहले तान्ने र राप्रपाको मत राप्रपाका उम्मेदवार मनोज मल्लमै रहने भएकाले यादवको स्थितिलाई सुदृढ बनाएको सत्तारुढ गठबन्धनका नेताहरुको मान्यता छ ।हेमबहादुर मल्लका पुत्र मनोज मल्लको परम्परागत मत सो क्षेत्रमा रहेको छ ।सो मत राप्रपामा नै रहने भएपछि माओवादी उम्मेदवार यादवका लागि अनुकुल भएको बताइन्छ ।

जनमतका उम्मेदवार किशोरी साहले संगठनात्मक मतको अतिरिक्त एमालेको मत तान्न बढी सक्रिय छन् ।उनलाई एमालेको भर छ ।धार्मिक, समाजिक क्षेत्रमा क्रियासिल रहने साह अन्य दलका मतदाताहरुमा पनि घुलमिल भएकाले राम्रै मत पाउने अपेक्षा गरिएको छ । क्षेत्र नम्बर १ को प्रदेश ‘क’ बाट सुकेश्वर यादव एमालेबाट र कांग्रेस गठबन्धनबाट सञ्जय महतो उम्मेदवार छन् ।जनमतले उम्मेदवार बनाएको ब्रम्हदेव महतोको पकड पनि क्षेत्रमा राम्रो मानिन्छ ।कांग्रेसका महतोको प्रमुख प्रतिस्पर्धी एमालेका यादवलाई नै मानिएकोछ ।जनमतका महतोले पनि चुनावको परिणाम बदल्न सक्ने स्थितिमा छन् ।नतिजा उनकै पक्षमा आए पनि आश्चर्यजनक नहुने स्थानीयहरुको कथन छ ।तर बाहिरी रुपमा यादव र कांग्रेसका महतोबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।भित्री मत जनमतका महतोको पक्षमा रहेको बताइन्छ । त्यसैगरी प्रदेश ‘ख’ मा जसपाको समर्थनमा एमालेका रामचन्द्र मण्डल जितलाई दोह¥याउने पक्षमा छन् ।तर उनका लागि ठूलो चुनौती जनमत पार्टीका सुरेन्द्र मण्डल बनेका छन् ।कांग्रेस गठबन्धनबाट लोसपाका उम्मेदवार सञ्जय सिंह स्थानीय तहको मतलाई अधार मान्दा अगाडि छन् । मण्डल जातीको बाहुल्यता रहेको प्रदेशमा रामचन्द्र मण्डल र सुरेन्द्र मण्डल उम्मेदवार छन् ।मण्डलमा पनि केवट जातीको अत्यधिक मत रहेको र सुरेन्द्र मण्डल पनि केवट रहेकाले उनको स्थिति बलियो रहेको मानिन्छ ।

रामचन्द्र मण्डल धानुक हुन् । गत चुनावमा माओवादीको टिकटमा प्रदेश सभासदस्य चुनिएका मण्डल पछि एमालेमा प्रवेशगर्दा सभासद पद समाप्त भएको थियो । क्षेत्र नम्बर १ को समिकरण परिवर्तन हुने ठोस संकेत देखिएको छैन् ।तर भित्री रुपमा मत चोर्ने र आफ्नै दलका उम्मेदवारलाई धोका दिने क्रम बढन थालेको बताइन्छ ।सत्तारुढ गठबन्धनबाट माओवादीका वरिष्ठ नेता एवं पूर्व मन्त्री यादव र कयौं पटक चुनाव लडेपनि थोरै मतले पछाडी पर्ने गरेका जसपाका कार्कीबीच नै प्रतिस्पर्धा रहेकाले जितहारको अन्तर गत चुनावको भन्दा कम रहने अनुमान गरिएको छ । क्षेत्रमा कुल २५ जना उम्मेदवार रहेका छन् ।त्यस मध्ये एकजना पनि महिला उम्मेदवार छैनन् ।८० प्रतिशत मधेशी, १६ प्रतिशत खसआर्य र ४ प्रतिशत मुसलमान मतदाता रहेका छन् ।१ लाख १८ हजार ६ सय २८ मतदाता मध्ये पुरुष मतदाता ६१ ह्जार ६ सय ३३ र महिला मतदाताको संख्या ५६ हजार ९ सय ९४ रहेको छ ।

Comment


Related News

Latest News

Trending News