बाराको जीतपुर सिमरा उपमहानगरपालिकाभित्र ढलान तथा पिच सडकमा परेका विद्युत् पोल हटाइ रहेको छ ।
सडकभित्र परेका विद्युत पोलका कारण दुर्घटना बढ्दै गएपछि नगर प्रमुख राजन पौडेलले अनुगमन गरेका पछि सो पोलहरु हटाउने काम थालिएको छ । नगर प्रमुख पौडेलले सरोकारवालासहित छलफलपछि वडा कार्यालयमार्फत पोल हटाउने योजना अघि बढाएका छन् । जीतपुरसिमरा उपमहानगरपालिकाको २४ वटै वडाको पिच, ढलान, नालाको बिचमा परेको पोलको व्यवस्थापन नगरको योजनामा व्यवस्थित गर्ने र आवश्यक बजेट नगरले व्यवस्थापन गर्ने निर्णय भएको छ । प्रत्येक वडामा वडा अध्यक्ष, नगरको सब इन्जिनियर र बिद्युत् प्राधिकरणको प्रविधिक सहितको टोलीले लागत संकलन गर्नेछ । प्रमुख प्रशासकीय अधिकृत पोखरेलले वडा कार्यालय र विद्युत् प्राधिकरणले पत्र लेखेर प्रकृया अघि बढाएका छन् । उपमहानगरपालिकाले सूचनामार्फत निर्माण भएका सडक तथा नालाहरुमा परेका बिजुलिका पोलहरुको जानकारी गराउन अनुरोध गरेको छ ।


