२०७९ कार्तिक २८, सोमबार १०:२६
निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण सिर्जना गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत् राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्ने वातावरण बनाउन निर्देशन दिएको हो ।




