२०७९ कार्तिक २८, सोमबार १२:१७

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला एक सयले घटेर रु ९७ हजार दुई सय कायम भएको छ ।

सुनको मूल्य अघिल्लो आइतबार प्रतितोला ९७ हजार तीन सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार सात सय कायम भएको छ।

आइतबार तेजावी सुनको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार आठ सय थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय ९५ तोकिएको महासङ्घले जनाएको छ ।

Comment

Related News

Latest News

Trending News