२०७९ कार्तिक २९, मंगलवार ०७:५७

सर्लाही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेका लोकतान्त्रिक समाजवादी पाटीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले जनताले अब जातपातको नारा दिएर चुनाब लडने नेतालाई मतदान नगर्ने बताएका छन ।

सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उनले जनताले विकास खाजेको छ, २ दशक देखि यस क्षेत्रबाट चुनाब जितेकाहरुले कुनै विकास गरेका छैनन् । जनताले अब विकास गर्नसक्ने उम्मेदवारलाई मतदान गरी जिताउने विश्वास व्यक्त गरे । उनले आफूले यहाँका मतदातालाई आश्वासन नदिएको भन्दै सर्लाही क्षेत्र नं. २ मा आफू भारी मतले विजयी हुने र विजयी भएपछि यस क्षेत्रका जनताले चौतर्फी विकासको अनुभूति गर्ने धारणा राखे । उनले अहिले पनि मधेश प्रदेशका जनता धेरै पछाडि छन,शोषित पीडित जनतालाई अधिकार सम्पन्न बनाउन आफ् नो पार्टी सुरु देखि नै काम गर्दै आएको बताए ।

Comment


Related News

Latest News

Trending News