नेपाली कांग्रेस (विपी) का केन्द्रीय सभापति सुशीलमान शेरचनले जिम्मेवार दलहरुले मुलुकलाई बेरोजगार उत्पादन केन्द्र बनाएको आरोप लागएका छन् ।उनी मंगलबार राजविराज पत्रकार हरुसँग कुरा गर्दै सो आरोप लगाएका हुन् । उनले भने, “लाखौं युवा रोजगारीका लागि विदेशिनुले मुलुक बेरोजगार उत्पादन केन्द्र बन्दै गएको पुष्टि हुन्छ ।” उनले आगामी निर्वाचनबाट आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने दाबी समेत गरे । “वर्षौदेखि सत्तामा हालीमुहाली गरिरहेका एमाले, कांग्रेस, माओवादी, जसपा लगायतका दलले अघिसारेको मुद्दा उनीहरुको सत्ता पुनरागमनका लागि मात्र भएको जनताले बुझिसकेका छन, अध्यक्ष शेरचनले भने, देशलाई कंगाल बनाउने यस्ता दल र तीनका उम्मेदवारलाई जनताले अब पत्याउँदैनन् ।” उनले अब जनताले नयाँ सोच र सिद्धान्त बोकेको आफ् नो पार्टीलाई साथ दिने दाबी पनि गरे ।
पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा आफ् नो पार्टीले प्रत्यक्षतर्फ ७८ र समानुपातिकतर्फ १ सय ७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उतारेको जानकारी दिँदै अत्याधिक स्थानमा बिजयी हुने दाबी गरे । मंहगी र भ्रष्टाचारले विकराल रुप लिँदै आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगेको मुलुकलाई नेपाली कांग्रेस (विपी) ले नै जोगाउने बताउँदै उनले मुलुकमा सुशासन कायम गर्न, गरिबी निवारण, राष्ट्र र राष्ट्रियता जोगाउने पार्टी पनि आफूहरुकै पार्टी बन्ने ठोकुवा समेत गरे । उनले विपी कोइरालाले अंगीकार गरेको बाटोमा पार्टी संचालन भइरहेको जनाउँदै लोकतन्त्रमा जनताको समृद्धि मुख्य कार्यसूची भएको धारणा राखे । सो अवसरमा पार्टीका जिल्ला सभापति एवं प्रदेशसभा सदस्य (समानुपातिक) तर्फकी उम्मेदवार सर्वेश्वरी देवी झा, प्रतिनिधिसभा सदस्य (समानुपातिक) तर्फका उम्मेदवार पार्थो सरकार लगायत स्थानिय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।


