अपडेट 
२०७९ कार्तिक ३०, बुधबार ०७:५०

जनकपुरधाम । रौतहटको गौरमा जारी अण्डर– १९ प्रदेश स्त्तरीय क्रिकेट प्रतियोगितामा धनुषा क्रिकेट टीम लगातार चार खेल जित्दै फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको सेमिफाइनल खेलमा पर्सा क्रिकेट टीमलाई सात विकेटले हराउँदै धनुषा फाइनलको यात्रा गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको पर्साले निर्धारित ओभर खेल्न सकेनन् । पर्साका खेलाडीहरुले ३२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १२२ रनको लक्ष्य धनुषा क्रिकेट टीम समक्ष प्रस्तुत गरेको थियो । सो लक्ष्य धनुषाले ३२ ओभर ४ बलमा तीन विकेट गुमाएर पूरा गरेको थियो । धनुषाका लागि म्यान यादवले सार्वधिक ८४ बलमा ५५ रनको योगदान दिए । उनले चार चौका र चार छक्का प्रहार गरेका थिए । खेलको म्यान अफ द म्याच पनि म्यान यादव नै घोषित भए । उनले ५५ रन बनाउनुको साथै आठ ओभरमा ३० रन खर्चेर चार विकेट लिएका थिए । उनी यसअघि सिरहासंग भएको खेलमा पनि राम्रो प्रदर्शन गर्दै उत्कृष्ट खेलाडी सावित भएका थिए । धनुषाको तर्फबाट ब्याटिङ गर्दै चन्दनकुमार यादवले ८९ बलमा २६ रन र अकबर अलिले १५ बलमा १६ रनको योगदान दिए । पर्साको लागि बलिङ गर्दै वियासले दुई र रोहनले एक विकेट लिए । पर्साको लागि ब्याटिङ गरेका वियास र समिर बाहेक अन्य ब्याटस म्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पर्साको खेलाडीहरु कमजोर देखिएका छन् । फाइनल खेलमा महोत्तरी र धनुषाबीच भीडन्त हुने भएको छ । धनुषाले पहिलो खेलमै महोत्तरीलाई पराजित गरेका थिए ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News