अपडेट 
२०७९ कार्तिक ३०, बुधबार १०:१९

महोत्तरी : जनता समाजवादी पार्टी नेपाल महोत्तरी क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार सरोज सिंह कुशवाहाले जनताको आशा र विश्वास मेरो साथ रहेको बताए।

उम्मेदवार कुशवाहाले आफु पदमा हुँदा धेरै विकास गरेको र अझै धेरै विकास गर्न बाँकी रहेको हुनाले जनता संग आफु पक्षमा मतदान गर्न अहिले घर- घरमा पुगिरहेका छन्।

हरेक आधारभूत आवश्यक्ताको सवालमा देशमै सबैभन्दा पिछडिएको प्रदेश मधेश नै रहेकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पहिले विकास गर्नु आवश्यक रहेको उनको भनाई छ ।

उम्मेदवार कुशवाहाले जसपाबाट महोत्तरी क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार डा. सुरेन्द्र यादव चिकित्सक पेशामा आवद्ध रहेको व्यक्ति भएकाले स्वास्थ्यको विकासमा योजनावद्ध ढंगले काम गर्ने हुनाले डा. यादवलाई जिताउन समेत आग्रह गर्दै आएका छन ।

यसका साथै शिक्षा बिना कुनै क्षेत्रको विकास सम्भव रहेकाले शिक्षित क्षेत्रको रुपमा समेत विकास गर्नका लागि काम गर्नु आवश्यक रहेको उम्मेदवार कुशवाहाले बताए ।

Comment


Related News

Latest News

Trending News