२०७९ मंसिर १, बिहीबार ०८:१७

नेकपा माओवादी केन्द्रका नेता शिवपुजन रायलाई कारबाही गर्ने पार्टीले चेतावनी दिएको छ ।

बुधबार प्रदेश समितिका इन्चार्ज गणेश साहले विज्ञप्ति जारी गरेर उनलाई चेतावनी दिएका छन् । उनलाई २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन पनि निर्देशन दिइएको छ । उनले सर्लाही निर्वाचन क्षेत्र ४ मा पाँच दलीय गठबन्धनको उम्मेदवारविरुद्ध गतिविधि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्रदेश समिति सदस्यसमेत रहेका शिवपुजन स्वतन्त्र उम्मेदवारको मत माग्ने गरेका छन् । उनले २६ वर्षीय छोरी मधुमाला यादवलाई उम्मेदवार बनाइ मत माग्ने गरेका छन् । पार्टीले उनलाई सो कार्यप्रति सचेत गराएको छ । ‘गठबन्धनको पक्षमा भएको कुनै पनि गतिविधि तथा प्रचारप्रसारमा सहभागी नभएको पाइएकाले २४ घण्टाभित्र चित्त बुझ्दो कारणसहित जवाफ दिनुहोला अन्यथा कारबाही भइ जाने व्यहोरा अनुरोध छ,’विज्ञप्तिमा उल्लेख छ । यसअघि कार्तिक २४ गते पनि उनलाई पार्टीले सचेत गराएको थियो । यहाँ प्रतिनिधिसभामा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेस नागेन्द्र राय उम्मेदवार छन् । नेकपा एमाले–जसपा गठबन्धनबाट राकेश मिश्र उम्मेदवार छन् । नेपाली कांग्रेसले टिकट नदिदा निर्वतमान सांसद अमरेश सिंह पनि यहाँ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News