२०७९ मंसिर २, शुक्रबार ०७:२४

जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित मतपेटिका पठाउने कार्य सुरू भएको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको लागि मंसिर ४ गते हुने मतदानको लागि मतपेटिक सहितको सामग्री निर्वाचन कार्यालयले मतदान अधिकृतको जिम्मा लगाउन लागेका छन् । मतदान हुने निर्वाचन आयोग नेपालले समय निर्धारण गरेका छन । आयोगको निर्णय अनुसार मंसिर १ गते मतपेटिका सम्बन्धित मतदान केन्द्र पुर्याउन लागिएको मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासेनीले जानकारी दिएका छन । उत्साहका साथ मतदान अधिकृतहरुले निर्वाचन सामग्री बुझिरहेका छन् । रौतहट जिल्लामा गएको स्थानीय तहको निर्वाचनमा भएको घटनाले सुरक्षा व्यवस्था मजबुत पारिएको बताए । दोस्रो पटक निर्वाचन भएका मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था पारिएको बताउँदै मुख्य निर्वाचन अधिकृत मरासेनीले निर्धक्क रुपमा मत प्रयोग गर्न मतदातालाई आग्रह गरे ।

अति संवेदनशील मानिएको मतदान स्थलमा सुरक्षा व्यवस्था बलियो रहेको जनाए । नेपाली सेनाको टोली बाहिर सुरक्षाको लागि खटिने छन । २०४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका रौतहटमा ५२३ स्थायी र २ वटा अस्थायी गरी ५२५ मतदान केन्द्र रहेका छन । ६० देखि ६५ किसिमका सामग्री उपलब्ध गराइएको जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News