२०७९ मंसिर ४, आईतवार ०६:४२

आइतबार बिहान ७ बजेदेखि सुरु हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मधेश प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ ।

यस प्रदेशमा निर्वाचनका लागि ३३ हजार ८८० जना कर्मचारी खटाइएको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशका ४ हजार २३५ मतदान केन्द्रमा ८ जनाको दरले कर्मचारी खटाइएका छन् । ८ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए । सप्तरीका ५३६ मतदान केन्द्रमा ४ हजार २८८ कर्मचारी खटिएका छन् । जिल्लामा २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी जम्मा ४ लाख १८ हजार ३७४ मतदाता छन् । त्यस्तै, सिरहाका ५०५ मतदान केन्द्रमा ४ हजार ४० कर्मचारी खटेका छन् । जिल्लामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६११ महिला र अन्य २ गरी जम्मा ४ लाख २२ हजार ७१२ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । धनुषामा ६०५ मतदान केन्द्रमा ४ हजार ८४० कर्मचारी खटाइएका छन् । यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् । महोत्तरीका ४९९ मतदान केन्द्रमा ३ हजार ९ ९ २ कर्मचारी ख ट े क ा छन् । जिल्लामा २ लाख १५ हजार १३१ पुरुष, १ लाख ८१ हजार ८९८ महिला र अन्य एक जना गरी कूल ३ लाख ९७ हजार ३० मतदाता छन् । उता, सर्लाहीमा भने ६०० मतदान केन्द्रमा ४ हजार ८०० कर्मचारी खटिएका छन् । जहाँ २ लाख ५९ हजार ४१४ पुरुष, २ लाख १९ हजार ६१४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन् । त्यस्तै, रौतहटका ५२३ मतदान केन्द्रमा ४ हजार १८४ कर्मचारी खटिएका छन् । जिल्लामा २ लाख २७ हजार २२ ९ पुरुष, १ लाख ८८ हजार २५५ महिला र एक जना अन्य गरी जम्मा ४ लाख १५ हजार ४५५ जनाले आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् । बारा जिल्लामा भने ५५५ मतदान केन्द्रमा ४ हजार ४४० कर्मचारी खटेका छन् । यस जिल्लामा २ लाख ३६ हजार ८८० पुरुष, १ लाख ९६ हजार ६१२ महिला र १२ जना अन्य गरी कूल ४ लाख ३३ हजार ५०४ जनाले मतदान गर्ने भएका छन् । त्यस्तै, पर्सा जिल्लामा भने ४१२ मतदान केन्द्रमा ३ हजार २९६ कर्मचारी मार्फत १ लाख ९४ हजार ९०४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कूल ३ लाख ४५ हजार ९२८ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् । यस प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता छन् ।

प्रदेशका ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आइतबार बिहान ७ बजेदेखि सुरु हुन लागेको निर्वाचनमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाताले आ– आफ्नो मताधिकारको प्रयोग गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनका लागि यस प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए । निर्वाचनको सुरक्षाका लागि मधेश प्रदेशमा १२ हजार ९६५ नेपाल प्रहरी खटिएका छन् भने २४ हजारभन्दा बढी म्यादी प्रहरी खटाइएको छ । प्रदेशका आठवटै जिल्लामा २४ हजार ४३ म्यादी प्रहरी खटाइएको छ । जसमध्ये सबैभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएका छन् । त्यस्तै, सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, महोत्तरीमा २ हजार ८०१, सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएकोमा अधिकांश मतदान स्थल र मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । प्रदेशका १ हजार २३० मतदान स्थल र २ हजार ४७२ मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा वर्गीकृत गरिएको छ । यस्तै, ७७९ मतदान स्थल र १ हजार ४९८ मतदान केन्द्र संवेदनशील, १४७ मतदान स्थल र २६५ मतदान केन्द्र सामान्य सूचीमा रहेको प्रवक्ता तिम्सिनाले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News