अपडेट 
२०७९ मंसिर ४, आईतवार ०६:४८

आज विहानैदेखि मतदानको प्रक्रिया शुरु भइसकेका छन् । मुलुकको प्रतिनिधिसभा र सातवटै प्रदेशसभाका सदस्यका लागि मतदानमार्फत निर्वाचित प्रतिनिधिहरु चयन हुनेछन् । २०७२ सालमा संविधान जारीपछि मुलुकमा दोश्रो प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन गइरहेका छन् । मतदाताहरु विहानैदेखि उत्साहका साथ मतदानमा सहभागी हुने विश्वास गरिएको छ । निर्वाचन आयोगले निर्वाचन विधिपूर्वक सम्पन्न गराउनका लागि सम्पूर्ण तयारी पुरा गरेको छ । स्वच्छ एवम् मर्यादित ढङ्गले निर्वाचन गराउनका लागि मतदानकेन्द्रमा शान्ति सुरक्षाको व्यवस्था चुस्त पारिएको देखिन्छ । ‘निर्भिक भएर मतदान गरौं ।’ आफ्ना मतको माध्यमबाट मुलुकको सुनौंलौं भविष्य निर्माणमा सहभागी बनौं । आउँदो निर्वाचनले केन्द्र र प्रदेशहरुमा नयाँ सरकार प्रदान गर्नेछन् । सत्ताको बागडोर कुन दलको हातमा सुम्पिने दायित्व मतदाताको हो । आफ्नो मतको इमान्दारिताका साथ कसैको दवावमा नपरी राष्ट्र र जनताको हितलाई ध्यानमा राखेर मतदान गर्दा पछताउनु पर्दैन् । यो निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधारलाई मजबुती प्रदान गर्नेछ । सो कारणले यो निर्वाचनको महत्व धेरै बढी छ । वितेको पाँचको अवधिलाई आधार बनाएर निर्वाचनलाई बहिष्कार गर्ने पक्ष पनि छन् । अर्को, शासकीय स्वरुप फेर्ने आवाजपनि उठेको छ । मुलुकलाई राजनीतिक अस्थिरतामा धकेल्न खोज्ने पक्षपनि सक्रिय छन् । यस्तो अवस्थालाई मध्यनजर गरी मुलुकको राजनीति क्षेत्रमा देखिएका विकृतिलाई निरुत्साहित पार्नका लागि सुझबुझका साथ मतदान गर्नुपर्छ । यो निर्वाचनको महत्व एक नयाँ सरकार गठनको रुपमा मात्र विश्लेषण गर्दा अनुचित हुन्छ । विगत पाँच बर्षदेखि संविधानमाथि पटक पटक प्रहार भएको छ । संविधानसभाबाट निर्मित संविधानको बर्खिलाफ काम पनि नभएको पनि होइन् । मुलुक सङ्घीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको छ । यो व्यवस्था नेपालको लागि नौंलो हो । यसलाई व्यवस्थित र स्थायित्व हुनमा समय लाग्नेछ । आउँदो पाँच बर्षमा यसले उपलब्धिमूलक परिणाम दिनेछ भन्ने सकारात्मक सोचाई राखेर मतदान गर्ने नैसर्गिक अधिकारको सदुपयोग गर्नुपर्छ । नेतालाई मात्रै किन गालि दिने ? नेतापनि आफ्नै समाजको हो । तपाई कसलाई र कस्ता व्यक्तिलाई आफ्नो नेता बनाउनु भयो भन्ने सम्बन्धमा आफ्नै अन्तरआत्मा लाई सोध्नुस । निश्चित रुपमा जवाफ पाउनु हुन्छ । त्यसकारण, सवैभन्दा पहिले त आपूm सच्चिनु पर्छ । जातपात धर्म, समुदाय र अन्य प्रकारका लोभ लालचमा परेर मतदान गर्ने अनि नेतालाई गाली गर्ने कहाँसम्म उचित हो ? तसर्थ, आफ्नो अमूल्य मत अनमोल छ, यसको मूल्य नतोकौं ।

उत्साहका साथ मुलुक हाक्न सक्ने व्यक्तिहरुलाई जिताएर पठाउनका लागि अग्रसर होऔं । शहरी क्षेत्रभन्दा खासगरी ग्रामीण क्षेत्रमा निर्वाचनको उत्साह बढी देखिन्छ । खासगरी, ग्रामीण क्षेत्रमा मतदाताहरु कसलाई मतदान गर्ने विषयमा छलफल गरेर मतदान गर्छन् । ग्रामीण क्षेत्रका पिछडिएका वर्गका मतदाताहरु बढी अगुवाहरुको निर्णयमा बढी निर्भर रहन्छन् । हुन त, सो वर्गपनि आफ्नो हक अधिकार र मताधिकारको विषयमा सचेत हुन थालेका छन् । मतदाताहरुलाई आफ् ना स्वविवेकको उपयोग गर्नुपर्छ । आगामी दिनमा शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीका लागि कुन व्यक्ति वा दलका उम्मेद्वार सक्षम छन् । त्यसतर्फ केन्द्रीत हुनु पर्दछ । अर्कोतर्फ, मतदान कसरी गर्ने भन्ने सम्बन्धमा विस्तृत रुपमा जानकारी नहुँदा कतिपय मत बदर हुने गरेको देखिएको छ । विगतका निर्वाचनलाई दृष्टिगत गर्दा शिक्षाको अभावमा कतिपय मतदाताले स्वस्तिक छापको प्रयोग नगरी मतपत्रमा औंठाले छाप लगाएको थियो । यसपल्ट, मतपत्र छोटो आकारको भएपनि स्वस्तिकको प्रयोग गर्नेबारे सचेतना जगाउने दायित्व दलका कार्यकर्ताहरुको पनि थियो । अधिकांस कार्यकर्ताहरुले घरदैलौंमा पुगेर मत माग्ने तर,मतपत्रमा स्वस्तिक छापको प्रयोगका साथै मतपत्रलाई मोड्ने तरिकाबारे जानकारी नगराउने देखिएको छ । मत बदर हुँदा जित्ने उम्मेद्वारलाई हारको मुख देख्नुपर्ने अवस्था सृजना हुन नदिनका लागि स्वस्तिक छापकोले मोहर लगाउ भन्ने अशिक्षित मतदातालाई सम्झाउनुपर्छ । चुनाव प्रचार प्रसारको अन्तिम दिन खास मधेश प्रदेशमा व्यापक रुपमा उम्मेद्वारहरुले आ–आफ्ना कार्यकर्ता र शुभेच्छुकसहित शक्ति प्रदर्शन गरेका छन् । तटस्थ मतदाताहरुलाई आकर्षित पार्नका लागि उम्मेद् वारहरु शक्ति प्रदर्शन गर्ने चलन छ । यद्यपि, सो शक्ति प्रदर्शनले गर्दा कहिँलेकाहि उल्टो असर पनि देखिएको छ । अध्यधिक कार्यकर्ताको सहभागितामा मख्ख हुने र कम कार्यकर्ताको उपस्थित हुँदा हतोत्साहित हुने देखिएको छ ।अर्कोतर्फ, शक्ति प्रदर्शनमा सहभागी व्यक्तिको सत्कारमा कमी हुनासाथ नकारात्मक प्रभावपनि पर्ने गर्छन् ।कतिपय ठाउँमा शक्ति प्रदर्शन सहभागी भएका व्यक्तिले आफ्नो गाडीमा पेट्रोलपनि नदिएको र भोजनपनि नगराएको भनेर गुनासो गरिरहेको थियो । शक्ति प्रदर्शन गर्दा अन्य पक्षलाई शक्तिको अनुमान लगाएर भावी रणनीति बनाउँछन् । खासगरी, मधेश प्रदेशका प्रायः सवै क्षेत्रमा उम्मेद्वारहरुले शक्ति प्रदर्शन गरेका छन् । मतदाताहरु कति आकर्षित भए वा नभए सम्बन्धमा मतदानको परिणामबाट स्पष्ट हुनेछ । मधेश प्रदेशमा चुनावी सरगर्मी ः आठ जिल्लाको मधेश प्रदेशमा बत्तीस प्रतिनिधिसभा र चौंसठी प्रदेशसभा सदस्यका लागि मतदान भइरहेका छन् । प्रतिनिधिसभा सदस्य पदका लागि चार दलका मुखिया चुनावी प्रतिस्पर्धामा छन् ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सिके राउत चुनावी मैदानमा उत्रेका छन् । प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबावु राउत पर्सा क्षेत्र नं १को (२)बाट चुनावमा उत्रेका छन् । मधेश प्रदेशमा सवैभन्दा बढी चर्चित चुनावी क्षेत्रमध्ये सप्तरीको क्षेत्र नं–२ हो । सो क्षेत्रबाट पुनः जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेद्वार बन्नु भएको छ । सो क्षेत्रमा गत विहीवार शक्ति प्रर्दशन एक अर्कालाई उछिन्ने उद्देश्यले गरेको महशुस भएको थियो । २०७४ सालको निर्वाचनमा उपेन्द्र यादवले आफ्ना प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवभन्दा दोब्बरको हाराहारीमा मत पाएर विजयी हुनु भएको थियो । यसपल्ट, उक्त क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र सत्ता गठबन्धनको तर्फबाट लोसपाको जयप्रकाश ठाकुर चुनावी मैदानमा छन् । सो क्षेत्रमा सत्रह जना उम्मेद्वारको भाग्यको परीक्षा आज हुँदैछ । जसपाका नेता र कार्यकर्ताहरुले उपेन्द्र यादवले विकास निर्माणको कार्यलाई जितको आधार बनाएको छ भने डा. राउतहरुले जसपाले लोसपाका अध्यक्ष महन्थ ठाकुर महोत्तरी–३बाट पुनः चुनावी मैदानमा उत्रनु भएको छ । २०७४को निर्वाचनमा उहाँ अत्यधिक मतले विजयी हुनु भएको थियो । यसपटक सत्ता गठबन्धनको काँग्रेस र माओवादीकेन्द्रको समर्थन प्राप्त छ । सो क्षेत्रमा पनि चुनाव प्रतिस्पर्धात्मक रहेकाले जित पाउनका लागि जसले सवैभन्दा बढी जनताबीच पहुँच बनाउन सफल भएका छन् । त्यसको जित सुनिश्चित छ । सर्लाही–२बाट लोसपाको उम्मेद्वार राजेन्द्र महतो र महेन्द्रराय यादवबीच कडा टक्कर हुने चर्चा छ । २०७०को निर्वाचनमा सो क्षेत्रबाट राजेन्द्र महतो यादवसँग पराजित भएका थिए । यसपल्ट, त्यो पुरानो हारको बदला लिने अवसर जुरेको छ । तर, यादवको पनि पकड बलियो छ । उक्त क्षेत्रका अन्य उम्मेद्वारहरु पनि तयारीमा कमी नगरेकाले जित कसको हुने विषयमा अड्कल गर्न नसकिने अवस्था छ । प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट र पूर्वप्रधानमन्त्रीहरुमा पुष्पकमल दाहाल‘ प्रचण्ड’ गोरखा–२ बाट केपि शर्मा, ओली, झापा–५बाट झलनाथ खनाल इलाम–१बाट उम्मेद्वार हुनुहुन्छ । उहाँको भाग्यको फैसला आज मतदाताहरुले गर्नेछन् । यसका साथै, मोरङ्–६बाट डा. शेखर कोइराला, झापा–१बाट विश्वप्रकाश शर्मा, काठमाडौं–१बाट प्रकाशमान सिँह, काठमाडौं–४बाट गगन थापा, तनहुँबाट रामचन्द्र पौंडेलका का साथै राष्ट्रियस्तरका नेताहरुको चुनावी परिणामको विषयमा चासोका साथ हेरिरहेका छन् । यसपल्टको निर्वाचनमा मतदाता बढी शान्त देखिएका छन् । हिन्दी फिल्मको एउटा गीत यस्तो छ, ‘ये पब्लिक है, सबकुछ जानता है’ । नेताले के र कति गर्न सक्छन् भनेर जनता थाहा पाइसकेकाले जनता शान्त मुद्रा छन् ।

Comment


Related News

Latest News

Trending News