२०७९ मंसिर ४, आईतवार ०७:२४
धनुषाको महेन्द्रनगरस्थित एभरेष्ट पेपर मिलमा मेसिनको बेल्टमा अल्झिएर एक मजदुरको मृत्यु भएको छ ।
शनिबार बिहान पेपर मिलमा परालको भुसा ओसार्ने क्रममा मेसिनको बेल्टमा अल्झिएर क्षीरेश्वरनाथ नगरपालिका– ९ औराहाका ३७ वर्षीय गौरीप्रसाद श्रेष्ठको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले भुसा ओसार्ने क्रममा मेसिनमा अल्झिएर मजदुर श्रेष्ठको मृत्यु भएको बताएका छन् । घटनास्थलको मुचुल्का उठाइ शव परीक्षणका लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइ


