धनुषामा जिल्लामा गत स्थानीय तहको निर्वाचन भन्दा झण्डै १४ प्रतिशत कम मत खसेको छ ।
गत स्थानीय तहको निर्वाचनमा धनुषामा ७६ प्रतिशत मत खसेकोमा यस प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा करिब ६२ प्रतिशत मात्रै मत खसेको बताइएको छ । धनुषामा प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले यो निर्वाचनमा करिब ६२ प्रतिशत मात्रै मत खसेको बताए । उनले चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको बताए । जिल्लाको ३२२ वटा मतदान स्थलका ६०५ मतदान केन्द्रमार्फत मतदान भएको छ । धनुषामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कुल ४ लाख ७४ हजार ५८७ मतदाता रहेका छन् । निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउन ६ जिल्ला भरिमा ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


