२०७९ मंसिर ५, सोमबार ०७:४३

प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा जलेश्वर कारागारका २६ जना कैदीबन्दीले मतदान गरेका छन् ।

कारागार कार्यालय जलेश्वर महोत्तरी परिसरमै स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा कैदीबन्दीले मतदान गरेको सहायक मतदान अधिकृत सञ्जय साहले जानकारी दिए । कैदीबन्दीले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्फ मतदान गरेको सहायक मतदान अधिकृत साहले बताए । जलेश्वर कारागारभित्र कारागारमा रहेका २६ जनाले प्रतिनिधिसभा सदस्य पदका लागि समानुपातिक तर्फको मतपत्रमा गोप्य मतदान गरेका छन् । सहायक मतदान अधिकृत साहले भने,‘जलेश्वर कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया सम्पन्न भएको छ ।’ कैदी जीवनयापन गरिरहेका कैदीबन्दीले पनि आफूले आफ्नो मताधिकार प्रयोग गर्न पाएकोमा खुसी भएका छन् । जलेश्वर कारागारमा सुरक्षार्थ खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको जवानले पनि समानुपातिकतर्फ मतदान गरेको अधिकृत साहले बताए ।

 

Comment


Related News

Latest News

Trending News