२०७९ मंसिर ५, सोमबार १२:४२

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा पाँच रुपैयाँले घटेर चाँदी एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

Comment

Related News

Latest News

Trending News